फेरी बिग्रियो मौसम : शनिबारसम्म मौसम कस्तो रहला ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – बिहिबार अपराह्न देखि काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का वर्षा शुरु भएको छ।

पश्चिमी न्युन चापीय प्रणालीका कारण देशका मध्य तथा पश्चिमी भू-भागका केहि स्थानमा वर्षा शुरु भएको हो। केहि दिन सफल रहेको मौसममा बुधबार देखि सामान्य बदली देखा परेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रक्रिया केहि दिन सम्म सक्रिय रहनेछ।

बिहिबार राति मध्य तथा पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा पनि वर्षाको सम्भावना रहेको बताइएको छ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि मौसममा सुधार हुने कमै मात्र सम्भावना छ। महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमान निम्न छ।

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

नेपालको पश्चिमी ,मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)

रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।मध्य तथा पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।

माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशका मध्य तथा पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र पुर्वी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१२:४७

प्रदेशका गरिबीलाई शून्यमा झारिने मुख्यमन्त्रीको दावी !