“विदेशी शक्तिलाई खुसी पार्ने र तिनको साखुल्ले बन्ने होडले देश डुबाउने भयो”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रभावशाली नेता भीम रावलले देशको हितमा भन्दा विदेशी शक्तिलाई खुसी पार्ने होडका कारण देशले धोका पाउने गरेको बताएका छन्।

अमेरिकी परियोजना एमसिसी नेपालको संविधान र हितविपरीत रहेको तर्क गर्दै आएका रावलले बिहिबार सामाजिक संजाल मार्फत यस्तो बताएका हुन्।

उनका अनुसार देशको हितमा भन्दा विदेशी शक्तिलाई खुसी पार्नेमा होडबाजी चल्दा देशले धोका पाउँदै आएको छ। विदेशी शक्तिलाई खुसी पार्न चालिएको कदमले कोशी, गण्डकी, महाकाली, कर्णालीमा नेपालले धोका पाएको उनको बुझाई छ।

नेपालले १९५० को सन्धी र गोर्खा भर्ती ब्यहोर्नुलाई पनि रावलले आफ्नो देशको हित र स्वाधीनता सुदृढ कसरी हुन्छ भन्ने उद्देश्यले तथ्य-तर्क खोज्ने भन्दा विदेशी शक्तिलाई खुसी पार्न खोज्नुको उपज हो भनेका छन्।

“आफ्नो देशको हित र स्वाधीनता सुदृढ कसरी हुन्छ भन्ने उद्देश्यले तथ्य तर्क खोज्नेभन्दा विदेशी शक्तिलाई खुशी पार्ने र तिनको साखुल्ले बन्ने होड र स्वार्थी मानसिकताले कोशी, गण्डकी, महाकाली, कर्णालीमा नेपालले धोका पाएको हो र १९५० को सन्धि र गोर्खा भर्ती व्‍यहोर्नु परेको हो। चेतना भया।”,रावलले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१२:१०

“कक्षा १ देखि ८ सम्मका छात्रालाई हरेक महिना रु ५०० प्रोत्साहन भत्ता”