एजेन्सी – बालिका बला’त्का’रको आरोप लागेका एक पुरुषलाई मेक्सिकोमा जिउँदै जलाइएको छ। मेक्सिको दक्षिणी राज्य चियापास स्थित एक गाउँमा एक पुरुषलाई जिउँदै जलाइएको हो।
स्थानीय संचार माध्यमहरुका अनुसार गाउँलेहरुले अल्फ्रेडो रोबलेरो नाम गरेका व्यक्तिलाई जिउँदै जलाइदिएका हुन् । बताइएअनुसार, कुटपिट पछि रोबलेरोलाई आगो लगाइएको थियो।
जारिद नाम गरेकी ६ वर्षीय बालिका करणी गरेको आरोप अल्फ्रेडोलाई लागेको स्थानीय संचार माध्यमहरुले बताएका छन्। जनवरी ९ देखि हराइरहेकी जारिद जनवरी १०मा मृत फेला परेको बताइएको छ।
मोबाइल फोन फुटेजमा एक समूहले खम्बामा बाँधिएका अल्फ्रेडोलाई मुक्त गर्दै जमिनमा पछारेपछि पेट्रोल छर्किएको देखिएको छ। उठ्न कोशिस गर्दा अल्फ्रेडोलाई उक्त समूहले मुक्क्याएको भिडियोमा देखिन्छ।
आगो लगाएपछि अल्फ्रेडोको रोदनले उक्त समूहलाई कुनै फरक नपारेको पनि भिडियोमा देख्न सकिन्छ। अल्फ्रेडो जलिरहँदा उक्त भिड रमाउँदै सिठ्ठी बजाइरहेका दखिन्छ।
आरोपी अल्फ्रेडोलाई प्रहरीकोमा लैजाने क्रममा गाउँलेहरुले आफूलाई रोकेको पिडित बालिकाकी काकी बताउँछिन्। उनका अनुसार प्रहरीकोमा लैजाने क्रममा जिउँदो नछाड्ने भन्दै अल्फ्रेडो माथि गाउँलेहरु जाइलागेका थिए।