एमसिसीको विरोध गर्नेलाई नछाड्ने प्रहरी नीति, सुतिरहेको अवस्थामा घरमै पुगेर पक्राउ !

काठमाडौँ – अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्ने ३ जनालाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ।

एमसिसी विरुद्ध प्रदर्शन गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिकाबाट तीन जनालाई बिहिबार पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीन जना छन्।

बिहिबार दिउँसो उनीहरुलाई पक्राउ गर्न खोज्दा स्थानीय प्रतिकारमा उत्रिएका थिए। शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने बताउँदै स्थानीयले प्रहरीको विरोध गरेका थिए।

दिउँसो पक्राउ गर्न नसकेपछि प्रहरीले उनीहरुलाई बिहिबार राति घरमै पुगेर पक्राउ गरिएको हो। बताइएअनुसार, तीनै जनालाई घरमै सुतिरहेको अवस्थामा पक्राउ गरिएको छ।

एमसिसीको विरोधमा उत्रिनेलाई पक्राउ गर्ने नीति प्रहरीले लिएको हुँदा शान्तिपूर्ण प्रदर्शन गर्नेलाई पनि पक्राउ गरिएको स्थानीयहरुको आरोप छ। शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको स्थानीयहरुको गुनासो छ।

आन्दोलनमा उत्रिएका उनीहरुले नो एमसिसी लेखिएको ब्यानर समेत टाँगेको बताइएको छ। ब्यानर टाँसेर विरोध प्रदर्शन गर्दा पक्राउ पर्नु दुखद भएको स्थानीयहरुले बताएका छन्।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६०५:५३

मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता वर्षियो, चार पक्राउ !