आस्थामाथि विमानस्थलमा के भएको थियो? सार्वजनिक भयो सिसिटिभी फुटेज [भिडियो]!

काठमाडौँ, माघ ३ । गायिका आस्था राउत गत अहिले विवादमा तानिएकी छिन् । वास्तवमा उनि रिम्बी माघी मेलामा प्रस्तुतिको लागि माघ १ गते बुधबार पश्चिम सिक्किम जादै थिइन् । त्यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाने क्रममा दोस्रो एक्सरे चेकिङ हुदा रमिशा श्रेष्ठ नाम गरेकी एक महिला  प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको र न्याकेको समेत दाबी गरेकी थिइन् ।

वास्तवमा बिहिबार भद्रपुरमा ओर्लिएपछि आस्थाले कारबाटै फेसबुक लाइभ गरेकी थिइन् । उक्त भिडियोमा उनले आफुलाई प्रहरीले रुखो बोल्दै ‘तँ’ ‘तँ’ भनेर बोलेको र उक्त शब्द आफुलाई अशैह्य बताएकी थिइन्। उनले बोल्दै जादा आवेगमा प्रहरीलाई डन्ठे, बन्दुके, पुलिस हो कि फुलिस जस्ता अपशब्द प्रयोग गरेकी थिइन्। जसले गर्दा उनि थप विवाद  र अनुसन्धनमा तानिईन।

शुक्रबार एयरपोर्टमा भएको घटनाको सिसिटिभी फूटेज सार्वजनिक भएको छ । जसमा उनि हातमा कफी र ब्याग बोकेर एक्सरे मेसिनमा पुग्छिन्। महिला प्रहरीले उनलाई ज्याकेट खोल्न भन्छिन्। तर आस्थाले आफुलाई हत्तार भएको भनेर ज्याकेट खोल्न नमानीकन ब्याग लिन हत्तार गरेको भाव देखिन्छ। भिडियोमा आवाज भने सुनिदैन ।  प्रहरीले उनलाई आफुपट्टि तानेर आस्थाको हातमा भएको कफी लिएर  साइडमा राख्दै ज्याकेट खोल्न आग्रह गर्छिन । र आस्थाले  रिसाउदै ज्याकेट खोलेर एक्सरे मेसिनमा हाल्छिन्।  महिला प्रहरीद्वारा  उनको चेकिङ हुन्छ र उनले ब्याग, ज्याकेट एक्सरे  मेसिनबाट लिन्छिन् । महिला प्रहरीले उनलाई कफी दिन्छिन् तर उनले लिन मान्दिनन। त्यसपछि प्रहरीले आस्थाको झोलामै कफी हाल्न खोज्छिन्। अन्तमा प्रहरी  टेबलमा कफी राखेर आफ्नो ड्यूटी सुरु गर्छिन । आस्थाले भने ज्याकेट लगाउदै औंला ठड्याएर केही बोल्छिन् र त्यबत बाहिर निस्किन्छिन्।

यस भिडियोमा  हेर्ने हो भने सबै मानिसले आफ्नो ज्याकेट खोलेर एक्सरे मेसिनमा राख्छन् र शरीर चेकजाँच गराउँछन् । र  चेकजाँच सकिएपछि आफ्नो ज्याकेट लगाएर बाहिर निस्कन्छिन् । साथै विमानस्थलमा यतिसम्मको चेकजाँच सामान्य प्रक्रिया हो । प्रहरी स्रोतका अनुसार राउतले उल्टै महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको थिइन् । कलाकार वा ठूला  पदका व्यक्तिलाई चेकजाँच नै नगरिने भन्ने हुदैन ।

https://youtu.be/p0hJ-MHz05E

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६०९:०६

आफैं बाल्ने, आफैं निभ्ने ‘सोलार बत्ती’ जडान गरिँदै !