गायिका आस्था राउत प्रहरीको नगए पक्राउ गरिने !

काठमाडौँ – गायिका आस्था राउतमाथि छानबिन शुरु हुने भएको छ। गायिका राउतले आफूलाई दुर्व्यवहार गरेको भनी आरोप लगाएकी महिला प्रहरी जवानले निवेदन दिएपछि राउतमाथि छानबिन हुने भएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले सीसीटीभी फुटेजसहित लिखित निवेदन दिएकी छन्। श्रेष्ठले विवादको सीसीटीभी फुटेजसहित महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएकी हुन्।

श्रेष्ठले निवेदन दिएसँगै श्रेष्ठसंग पनि सोधपुछ गरिएको छ। सोधपुछका क्रममा प्रहरी जवान रमिता श्रेष्ठले कुनै पनि दुर्व्यवहार नगरेको दावी गरेको बताइएको छ।

गायिका राउतलाई छानबिनको लागि बोलाइने र उपस्थित हुन नआए पक्राउ गरिने प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार गायिका राउत उपस्थित हुन नआए पक्राउको प्रक्रिया अगाडी बढाइने छ।

गायिका राउत र प्रहरी जवान बीच भएको विवादको भिडियो समेत सार्वजनिक भैसकेको छ। आवाज नभएको सिसिटिभी फुटेजमा प्रहरी जवान र राउत बीच केहि विवाद भएको जस्तै देखिएको छ। जसमा राउतले औंला ठड्याएको समेत देखिएको छ।

यस्तै भिडियो सार्वजनिक भएसँगै फेसबुकमा लाइभ आएर गायिका राउतले आफू माथि दुर्व्यहार भएको दावी गरेकी छन्।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको सिसिटिभी फुटेज बाहिरिएपछि सामाजीक संजालमा लाइभ आएर स्पष्टीकारण दिँदै गायिका आस्था राउतले झुट नबोलेको दावी गरेकी हुन्।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६११:३६

कति करोड कमायो फिल्म ‘छपाक’ र ‘ताहनाजी’ ले एक हप्तामा?