युइएफए उत्कृष्ट टिम २०१९: रोनाल्डो टिममा नपर्नेभएपछि नियमै परिवर्तन, यी खेलाडी अटाए ![सूची]

एजेन्सी – वर्षको उत्कृष्ट टालीबाट युभेन्ट्सका सुपर स्टार बाहिरिने भएपछि युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले छनोटको नियमनै परिवर्तन गर्दै उनलाई अटाएको छ ।


बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका साडियो माने र बायर्न म्युनिखका रोर्बट लेवान्डोवस्की शीर्ष ३ फरवार्डमा चुनिँदा रोनाल्डो चौथो स्थानमा परेका थिए । युइएफएको परम्परागत वर्ष टोलीको छनोटमा ४–३–३ फर्मेसन रहने गरेको थियो ।

तर, सन् २०१९ को वर्षको उत्कृष्ट टोली भित्र रोनाल्डोलाई पार्नकै लागि ४–२–४ को प्रणाली अपनाएको बताइएको छ । त्यसकै लागि युइएफएले नियमित भन्दा एक सातापछि वर्षको उत्कृष्ट टोलीको नाम सार्वजनिक गरेको छ ।

रोनाल्डोलाई समावेश गराउँदा मिडफिल्डमा चेल्सीका एनगोलो कान्टे बाहिरिएका छन् । मतका आधारमा मिडफिल्डमा उनी तेस्रो नम्बरमा रहेका थिए । समग्र मत संख्यामा पनि रोनाल्डो भन्दा कान्टेको मत बढी थियो । ‘युइएफएमा रोनाल्डो निकै चर्चामा रहे । त्यो मतलाई नजर अन्दाज गर्न मिल्ने अवस्था थिएन,’ श्रोतले भन्यो,‘ त्यसै कारण प्लेइङ ११ मा परिवर्तन भयो ।’

पोर्चुगललाई नेसन्स लिग जिताएका कारण रियल म्याड्रिडका पूर्व सुपरस्टार टोलीमा समेटिएको युइएफएका प्रवक्ताले बताएका छन् ।

‘ समर्थकको मतको आधारसँगै खेलाडीले युइएएफले प्रतियोगितामा प्राप्त गरेको सफलताका आधारमा खेलाडीको छनोट गरिएको हो,’ युइएफएले भनेको छ,‘ त्यसैले च्याम्पियन्स लिगको विजेताका ५ खेलाडी र नेसन्स लिगका एक विजेतासहित ४ फाइनलिस्ट समावेश गरिएको छ । यो नियमित रुपमा परिवर्तन हुन्छ । यो वर्षमात्र परिवर्तन भएको होइन ।’

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६१२:१९

युनाइटेडका कप्तान योङ इटालीतर्फ