माघ महिनामा यी सागसब्जी नखाएकै राम्रो !

जसरी कार्तिक महिनालाई हिन्दू पात्रोमा धेरै धार्मिक मानिन्छ, त्यसरी नै माघ महिनालाई पनि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। माघ महिनामा दान गर्नु शुभ मानिन्छ। यस बाहेक, माघ महिनामा मूला र धनिया स्वास्थ्यको लागि राम्रो मानिदैन। आयुर्वेदका अनुसार पनि यी दुवै तरकारीहरु यस महिनामा प्रयोग गर्नु हुँदैन।

माघ महिनामा यस कारणले खानु हुदैन मूला र धनिया

ज्योतिष शास्त्रका अनुसार माघ महिनामा मूला र धनिया सेवन गर्नु अत्यन्तै अशुभ मानिन्छ। माघ महिनामा, मूलालाई रक्सीको रुपमा मानिन्छ। यसैले माघ महिनामा मूला र धनिया दान गर्दा वा भगवानको पूजामा प्रयोग गर्दा भगवान रिसाउने गर्दछ। यस महिना, मूला खानेलाई रक्सीको सेवनसँग तुलना गरिएको छ। साथै पितृको कामहरुमा पनि मूलाको प्रयोग गर्नु राम्रो मानिदैन।

स्वास्थ्यका लागि पनि उपयोग छैन

आयुर्वेदका अनुसार, मूला र धनिया माघ महिनामा नखानुको कारण स्वास्थ्यसँग जोडिएको छ। मूला चिसो र पानीले भरिएको हुन्छ। साथै, मूलाको साथ धनियाका पातहरु खानु भनेको विष पिए जत्तिकै हो। तिनीहरूले स्वास्थ्यलाई ठूलो क्षति पुर्‍याउँछ। मूला र धनियाले कफ, पेट ग्यास, चिसो र ज्वरो निम्त्याउन सक्छ।

स्वास्थ्य नै सुखी जीवनको आधार

स्वास्थ्यसँग जोडिएको कारण, आयुर्वेद र ज्योतिष शास्त्र दुबैले नै मूला र धनिया खाना नहुने भनिएको हो। ज्योतिष धर्म र भगवानलाई जोडेर नै खानाको नियमहरु बनेको हो। त्यसै गरि आयुर्वेदले पनि खानाको प्रकृतिका अनुसार केहि नियमहरु बनाएको छ। दुबैमा स्वास्थ्यलाई सुखी जीवनको आधार मानिन्छ। तसर्थ, दुबै ज्योतिष शास्त्र र आयुर्वेदमा यस महिना मूलालाई खान वर्जित गरिएको छ।

के खादा हुन्छ राम्रो

यस महिनामा खिचडी खानुपर्दछ, यसले शरीरको तापक्रम सन्तुलित राख्नुका साथै खाना पचाउँन पनि मद्धत गर्दछ। जाडो महिनामा खिचडी निकै स्वादिष्ट हुनुका साथै शरीरमा तागत पनि प्रधान गर्दछ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६१२:१८

देखेको १० दिनमा नै पूरा हुन्छन् यस्ता सपनाहरु, हेर्नुहोस् के भन्छ शास्त्रले !