एजेन्सी – १० वर्षीय बालकसँगको सम्बन्धबाट रसियामा एक किशोरी गर्भवती भएकी छन्। बताइएअनुसार, १३ वर्षीय एक किशोरी १० वर्षीय बालकसँगको सम्बन्धबाट गर्भवती भएकी हुन्।
नाम नखुलाएकी किशोरी गर्भवती भएको र उनको गर्भमा रहेको बच्चाका पिता १० वर्षीय बालक रहेको भन्दै रसियाका स्थानीय संचार माध्यमहरुले जनाएका छन्।
बालक र किशोरी दुवैको परिवार बच्चा जन्माउने पक्षमा रहेको बताइएको छ। किशोरीले बच्चा जन्माउने कुरामा दुवै परिवार सहमत भएको स्थानीय संचारमाध्यमहरु बताउँछन्।
गर्भवती किशोरीकी आमा क्यान्सर पिडित रहेको हुँदा पछि उनीहरुको कसले रेखदेख गर्छ भन्ने तर्फ पनि स्थानीय प्रशासनले जान्न चाहेको बताइएको छ।
“झेलेजनोगोर्स्क शहरको फेडरल स्टेट बजेट हेल्थकेयर इन्स्टिच्युसन केबी ५१बाट एक स्कुले बालिका गर्भवती भएको जानकारी प्राप्त भयो। हाल यस सम्बन्धमा अनुसन्धान भैरहेको छ।”,स्थानीय प्रहरीले निकालेको विज्ञप्तिमा भनिएको छ।
हाल किशोरीले बच्चा जन्माउने पक्षमा दुवै परिवार रहेता पनि पछि किशोरीकी आमालाई केहि भैहालेको खण्डमा अफ्ठेरो परिस्थित खडा हुने तर्फ स्थानीय प्रशासनको चासो छ।
पिता बन्न लागेका बालक हाल चार कक्षामा पढ्दैछन्। यता किशोरीको भने अन्यसँग सम्बन्धमा पनि रहेको हुन सक्ने भन्दा अनुसन्धान थालिएको छ। तर, केहि विज्ञहरु भने १० वर्षे बालकको सम्बन्धबाट अनि गर्भवती हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन्।
बाल रोग विशेषज्ञ निकोलाई स्कोरोबोगाटोभका अनुसार किशोरीको गर्भमा रहेको बच्चा ती बालकको हो कि होइन पत्ता लगाउन एक विशेष प्रकारको परीक्षण गरिनुपर्ने हुन्छ।