यी चीज आखाको लागि धेरै लाभदायक, आज देखिनै खानामा प्रयोग गर्नुहोला 

हामी समयमा नुहाउछौ, खाना खान्छौ, खाना खानु अगाडी हात पनि धुन्छौं। हामी हाम्रो नङ देखि कपालसम्म सबैको हेरचाह गर्छौ। तर के तपाईले कहिल्यै आफ्नो आखाको बारेमा सोच्नु भएको छ? आखा कै कारण हामी यस सुन्दर संसारलाई हेर्न सकि रहेका छौ। तर घन्टौ मोबाइल वा कम्प्युटर चलाउने र खानामा ध्यान नदिनाले हाम्रो आखामा नकारात्मक असर पर्ने गर्छ। जसको कारण, सानै उमेरमा चश्मा लगाउनु पर्ने समस्या देखा पर्छ।

आखाँको लागि ‘भिटामिन ए’ निकै महत्त्वपूर्ण हुन्छ। शरीरमा भिटामिन ए को कमी भयो भने दृष्टिशक्ति कम्जोर हुन्छ । यदि तपाई आफ्नो आखाको ध्यान राख्न चाहनु हुन्छ भने खान-पिनमा निकै ध्यान दिनु पर्दछ। आउनुहोस्, आँखाको प्रकाशका लागि के के कुरा खाने भन्ने बिषयमा चर्चा गरौ।

नट्स

नट्सले आखालाई ठीक राख्नुका साथै, दिमागलाई पनि तेज राख्न मदत गर्छ। काजू, बदाम, किसमिस, ओखर आदि सबै नट्समा पर्छन् ।  यी चिज आँखाका लागि निकै फाइदाजनक हुन्छन्। यी सबैमा ‘ओमेगा ३ फ्याट्टी एसिड’ हुन्छ जसले आखालाई निकै फाइदा पुर्याउछ। यसको दैनिक सेवनले दृष्टि र दिमाग, दुवैलाई तेज बनाउँछ।

माछा र अण्डा

अण्डामा ‘प्रोटीन र ग्लुटाथियोन’ पाइन्छ, जसले आखाको लेन्सलाई बचाउँछ। अण्डाले ‘एन्टी अक्सिडेन्ट’ को रुपमा काम गर्छ। त्यसै गरि माछामा ‘ओमेगा फ्याट्टी एसिड’  प्रशस्त मात्रामा पाइन्छ। यो पोषक तत्वले आँखाको रेटिनालाई स्वस्थ राख्न मदत गर्छ।

गाजर

गाजरमा ‘रोडोप्सिन प्रोटीन’ नामको एउटा घटक हुने गर्दछ, जसले आखाको रेटिनालाई स्वस्थ राख्न निकै मदत गर्छ। गाजरमा ‘भिटामिन ए र बीटा क्यारोटीन’ पनि प्रशस्त मात्रामा पाइन्छ।  भिटामिन ए आँखालाई स्वस्थ बनाउनको लागि आवश्यक हुन्छ र  बीटा कैरोटीन प्रोटीन कै कारण गाजर सुन्तला रङ्गको हुने गर्दछ।

दुग्ध उत्पादन

दूध र दही जस्ता दुग्ध उत्पादनहरूमा पनि ‘भिटामिन ए’ पाइन्छन्। दूध र दही आँखाका लागि धेरै लाभदायक हुन्छ।  ‘भिटामिन ए’ ले कलेजोबाट आँखामा ‘जिंक’ सार्न महत्वपूर्ण भूमिका खेल्छ र ‘कोर्निया’ लाई बचाउँन मद्दत गर्छ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६११:५५

दाँत सफा गर्दा यी कुरा ध्यान दिनुहोला, नत्र हुन सक्छ हानिकारक