“आस्था धेरै रुन्ची नबन तिमी ठूली भइसक्यौ” भन्दै राजेशपायलले दिए यस्तो सुझाव…

काठमाडौँ – गायक राजेशपायल राईले गायिका आस्था राउतलाई रुन्ची नबन्न सुझाव दिएका छन्। माया पाउनेले घृणा पनि सहन सक्नुपर्ने उल्लेख गर्दै गायक राजेशपायल राईले रुन्ची नबन्न आस्था राउतलाई सुझाव दिएका हुन्।

झापाको भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा महिला प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउत फेसबुकमा लाइभ आएकी थिइन्। जसक्रममा उनले प्रहरी संगठन माथि कडा शब्द प्रयोग गरेकी थिइन्।

सोहि प्रकरण बारे टिप्पणी गर्दै गायक राईले सामाजिक संजाल मार्फत राउतलाई सुझाव दिएका छन्। आस्थालाई बहिनीको रुपमा सुझाव दिएको पनि राईले सामाजिक संजालमा उल्लेख गरेका छन्।

विमानस्थलमा जो-कोहि माथि चेक-जाँच गर्ने प्रहरीको अधिकार रहेको राईले खुलाएका छन्। गायिका राउत देशकै प्रतिष्ठीत कलाकार रहेको हुँदा उनले पनि इज्जत ठाउँमा राख्नुपर्ने राईको सुझाव छ।

“एयरपोर्टमा शाहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो । त्यो उसको अधिकार हो, अब रह्यो पुलिसले कस्तो व्यवहार गर्‍यो ? चेकिङमा कफी, पानी लान पाइँदैन इभन वालेट ।”,राईले सामाजिकमा लेखेका छन्।

राई थप लेख्छन्,”उनी बहिनी राम्री गायिका हुन। अझ एक रियलिटी सो The Voice की कोच पनि हुन्। आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ। माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ – ‘तब न हामी कलाकार , उसै त हामी नाथे कलकार’ धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ। आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुवै सुध्रन आवश्यक”

प्रकाशित : शनिबार, माघ ०४, २०७६१०:०६

“प्रहरीबाट ‘तँ-तँ, म-म’ हुनु नौलो कुरा होइन, बिचरी गायिकाजीलाई नौलो लागेछ”