पीएसजीमै रहने बारे नेयमारले गरे यस्तो प्रतिबद्धता !

एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले पीएसजी मै रहने प्रतिबद्धता गरेका छन् ।

विश्वका महँगा फुटबलर नेयमारले गत समरमा पीएसजी छाड्दै स्पेनिस क्लब बार्सिलोना जाने मनसायमा पुगेपनि दुई क्लबबीच छलफलमा कुरा नमिल्दा उनी पीएसजीमै रहेका थिए । तर, उनले अबको सिजन पीएसजीमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेयमारले पीएसजीमै रहने प्रतिबद्धता व्यक्त गरेपनि उनको नयाँ सम्झौताबारे क्लबको च्याम्पियन्स लिगको अबको यात्राले तय गर्नेछ । नेयमारको बार्सिलोनामा फर्कने चाहनाको बारेमा निरन्तर कडा अनुमानको बाबजुत पीएसजी उनलाई लामो करारमा राख्ने सम्भावनाप्रति आशावादी छ । तर, यो निर्णय अप्रिल वा मे पछि मात्रै हुनेछ । अहिले टेबलमा कुनै सम्झौता छैन ।

इएसपिएनका अनुसार पीएसजीले नेयमारलाई फ्रान्समै राख्न चहान्छ । तर, लिग च्याम्पियनले च्याम्पियन्स लिगको प्रदर्शनपछि निर्णय बदल्न सक्नेछ । पीएसजीले नेयमारलाई २०१७ मा च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट क्लबमा अनुबन्ध गरेको थियो । पीएसजी दुवै संस्करणमो प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन ।

यो सिजन अपराजित रहँदै रियल म्याड्रिड रहेको समूह ‘ए’ बाट समूह विजेता बन्दै अघि बढेको पीएसजीले नकआउटमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डसँग फेब्रुअरी १९ मा पहिलो लेग खेल्दैछ । दोस्रो लेग १२ मार्चमा घरेलु मैदानमा हुनेछ ।

पछिल्लो समय क्लब र नेयमारबीच राम्रो सम्बन्ध रहेको बुझिएको छ । २७ वर्षे नेयमारले पेरिसमा राम्रो महसुस गरिरहेका छन् । लगतार चोटसँग जुधिरहने नेयमारले पीएसजीमा २०१७ देखि हालसम्म ४९ खेलमा ४५ गोल गरेका छन् । यो सिजन पीएसजीमा नेयमारले १२ खेलमा ११ गोल र ५ असिस्ट दिएका छन् ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६१५:२९

डेब्यु खेलमा चम्किए हालान्ड, २३ मिनेटमै ह्याट्रिक !