मापसे गर्दा दुई बीच विवाद, आ-आफ्ना मान्छे बोलाएपछि ‘ग्याङ फाइट’ !

काठमाडौँ – मोरङको धनपालनथान गाउँपालिकामा ‘ग्याङ फाइट’ हुँदा तीनजना घाइते भएका छन्। मोरङको धनपालनथान गाउँपालिका ४ हरकपुरमा ‘ग्याङ फाइट’ हुँदा शनिबार तीनजना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मा’दक पदार्थ सेवन (मापसे) गरेर बसेका दुई समूह बीच भएको विवाद ‘ग्याङ फाइट’मा परिणत भएको थियो।

४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ‘ग्याङ फाइट’ भएको प्रहरीको भनाई छ।

मपसे गरेर बसिरहेका हरिओम र धनीरामबीच पहिला विवाद शुरु भएको र पछि उनीहरुले आ-आफ्ना मान्छे बोलाएपछि विवाद ‘ग्याङ फाइट’मा परिणत भएको बताइएको छ।

उक्त झगडामा विसुनदेव, बलराम र किसुन घाइते भएको बताइएको छ। घाइते मध्ये विसुनदेव र बलरामको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रहरीका अनुसार विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको छ। हाल विसुनदेव र बलराम दुवै विराटनगर स्थित न्युरो अस्पतालको आइसीयूमा उपचाररत छन्।

प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका माथि प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६०७:५७

यी अभिनेत्रीलाई भेट्नकै लागि ५ रात फुटपाथमा सुते युवक [भिडियो भाइरल]!