भोलि माघ ६ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाई सांसारिक कुरा भुलेर आध्यात्मिक प्रवृत्तिमा संग्लग्न रहनुहुनेछ । रहस्तमय विद्या र गहिरो चिन्तनशक्तिले तपाईको मानसिक भारलाई हल्का गर्नेछ ।आध्यात्मिक सिद्धि प्राप्त  गर्नको  लागि शुभ दिन रहेको छ । बोल्बोनु पहिले सोचविचार गर्लनुहोला नत्र  अनर्थ हुन् सक्छ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

गतपाई  जीवनसाथीको  निकटताको सुख प्राप्त गर्न सक्नु हुनेछ  । परिवारका साथसाथै  सामाजिक समारोहमा बाहिर घुम्न वा पर्यटनमा जानु हुनेछ  र आनन्दमय  समय बिताउनु हुनेछ । तन-मनले प्रसन्नता अनुभव गर्नु हुनेछ । सार्वजनिक जीवनमा प्रसिद्दी  मिल्नेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

अधुरो कार्य पूरा हुनको लागि शुभ दिन रहेको छ । परिवारमा आनन्द र उलास माहोल रहनेछ । स्वास्थ्य पनि ठिक र स्वस्थ रहनेछ । अन्य मान्छेसँग कुरा गर्ने क्रममा क्रोधलाई काबुमा राख्नुहोला। धन प्राप्त हुनेछ । आवश्यक खर्च मात्र हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाई  शारीरिक र  मानसिक रूपले निराश रहनुहुनेछ ।  आकस्मिक धन खर्च होला । प्रेमी बीच वाद-विवाद होला । विपरीत लिंगीय पात्रको तर्फबाट आकर्षण अथवा अत्यधिक कामुक्ताले  तपाईलाई संकट ल्याउन सक्छ  । नयाँ कार्यको सुरु नगर्नु  वा यात्रामा नजानुहोला ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

 मानसिक अस्वस्थता रहनेछ  साथै परिवारसँग  मनमुटाव हुन् सक्ला । आमासँग झगडा वा आमाको स्मावास्ताथ्जीय खराब होला।  नकारात्मक विचारले निराश बनाउनेछ । जलाशय खतरनाक साबित हुन् सक्छ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

भावनात्मक सम्बन्ध स्थापित हुनेछ । भाई- बहिनीसँग मेलमिलाप होला । मित्र र प्रेमसँग भेट हुनेछ। रहस्यमय विद्या प्रति आकर्षण हुनु हुनेछ र त्यसमा सिद्दी  पनि मिल्नेछ । विरोध र प्रतिस्पर्धालाई डटेर सामना गर्नु हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

 मानसिक वृत्ति नकारात्मक । क्रोधको आवेशमा  बोलिमा ध्यान नदिदा पारिवारिक सदस्यसँग वादविवाद हुनेछ । अनावश्यक खर्च हुनेछ । स्वास्थ्य खराब होला । अनैतिक प्रवृत्तिको तर्फ नमोडीनुहोला ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको दिन शुभ रहेको छ । शारीरिक र मानसिक रूपले प्रसन्न रहनेछ । पारिवारिक सदस्यसँग खुशीसँग समय बिताउनु हुनेछ  । साथी वा प्रेमीको तर्फबाट उपहार मिल्नेछ । धन लाभ हुनेछ । दाम्प्रपत्सयजीवनमा पप्रसन्नता अनुभव हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

 क्रोधको कारण पारिवारिक सदस्य तथा अन्य मान्छेसँग सम्बन्ध बिग्रिन सक्छ । तपाईको बोलि र व्व्ययवहार झगडाको कारण बन्वन सक्छ । दुर्घटना बाट बच्सेनुहोला । व्यर्थको कार्यमा तपाईको खर्च हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको दिन हरेक क्षेत्रमा  लाभदायक रहेको छ । प्ररेमी र साथीसँग भेट हुनेछ । विवाहोत्सुक व्यक्तिको  वैवाहिक समस्या मामूली प्रयत्नबाट हल हुनेछ ।  गृहस्थजीवन आनन्द रहनेछ । नयाँ वस्तु किन्नु हुनेछ ।

  कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

हरेक कार्य सरलतापूर्वक हल हुनेछ र त्यसबाट सफलता प्राप्त हुनेछ  । पेसा – धन्दाको ठाउँमा अनुकुल  परिस्थिति निर्मित हुनेछ। सरकारी कार्य निर्विघ्न पूरा हुनेछ । उच्च पदाधिकारिको  व्यवहार सहयोगपूर्ण रहनेछ । स्वास्थ्य राम्बरो रहनेछ। मानसिक रूपबाट उर्जा महसुस हुनेछ  । पदोन्नति र धन प्राप्तिको योग रहेको छ  । गृहस्थजीवन आनन्दपूर्ण रहनेछ  र मान प्रतिष्ठा  वृद्धि हुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको दिनको सुरुवात भय र उद्विग्नताको साथ हुनेछ  । शरीर सुस्ती र थकानको  अनुभव हुनेछ । कुनै पनि कार्कोय पूरा नहुँदा निराशा उत्पन्न  हुनेछ । सन्तान चिन्ताको कारण बन्नेछ । व्यर्थमा खर्च हुनेछ ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१४:१७

आज माघ ७ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!