“कामनगर्ने असक्षम निजामती कर्मचारीलाई किन पाल्ने?, बर्खास्त गरेर नयाँ दक्ष युवा भर्ना गरौँ”

काठमाडौँ – राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले काम नगर्ने निजामती कर्मचारी बर्खास्त गरेर सक्षमलाई करारमा भर्ना गर्नुपर्ने बताएकी छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्नेक्रममा आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने नयाँ कर्मचारी करारमा भर्ना गर्नुपर्ने बताएकी हुन्।

संसद सचिवालयका कर्मचारीहरूको उदाहरण दिँदै उनले काम नगर्ने निजामती कर्मचारी बर्खास्त गर्नुपर्ने माग गरिन्। जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्ने उनको बुझाई छ।

दक्ष र काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिएको अवस्थामा अदक्ष कर्मचारीलाई तलब खुवाइरहनुको अर्थ नहुने उनको तर्क छ।

“अर्‍हाएको, लगाएको जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्छ। असाध्यै दक्ष र काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिएका छन्, बरु उनीहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिन्छ ।”,उनले भनिन्।

एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमै रहिरहने व्यवस्थाको अन्त्य गरिनुपर्ने उनले धारणा राखिन्। प्रधानमन्त्री, मन्त्री भन्न समेत पाँच पाँच वर्षमा जनता माझ जानुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्न उनले माग गरिन्।

“धानमन्त्री, मन्त्री बन्न पाँच पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ। एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमा राखी रहने ?”,प्रश्न गर्दै उनले भनिन्।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१०:४६

शाहिद कपूरको हजुरआमाको निधन, भाई ईशानले लेखे यस्तो भावुक पोस्ट!