काठमाडौँ । राशी अनुसार व्यक्तिको स्वभाव आचरण फरक फरक रहेको छ । ज्योतिष शास्त्र अनुसार प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने कुरा बताइएको छ । त्यसकारण आज हामी तपाईहरुलाई कुन कुन राशी भएका व्यक्तिहरुको प्रेम सम्बन्ध बलियो हुन्छ भन्ने कुरा बताउन गइरहेका छौँ ।
मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन् ।
सिंह र तुला : यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ । समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन् ।
मेष र कुम्भ : हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् ।
वृष र वृश्चिक : एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।
वृष र कन्या : यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ ।
सिंह र धनु : एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।
कन्या र मकर : यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।
मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।