यी अक्षरबाट नाम सुरु भएका पुरुष हुन्छन् धेरै झगडालु, चाहिने भन्दा छिटो रिसाइहाल्छन् !

काठमाडौँ । श्रीमान श्रीमती बिच एकआपसमा समझादी हुनु निकै महत्वपूर्ण रहेको छ । आधुनिक जीवनशैलीको कारण आजभोली धेरै जोडीको सम्बन्धमा नराम्रो असर पाइन्छ । साधारणतया बोलीचालीको भाषमा भन्ने गरिन्छ श्रीमान आगो हुँदा श्रीमती पानी हुनुपर्छ , श्रीमती आगो भएको बेला श्रीमान पानी बन्न सक्यो भने सम्बन्ध सधै समधुर रहन्छ । यद्यपी दुवैजना आगो नै आगो भयो भने संसारै खरानी बन्छ । त्यस्तै आज हामी तपाईहरुलाई केही अक्षरको बारेमा बताउन गइरहेका छौँ । जो एक नम्बरको झगडालु हुन्छन् ।

C बाट नाम सुरु भएका व्यक्तिहरु : C बाट नाम सुरु भएका व्यक्तिहरु निकै रिसालु स्वभावको हुने गर्छन् । झगडालु स्वभावको भएको कारण उनीहरु आफ्नो प्रेमीकासँग सानो सानो कुरामा पनि रिसाइरहन्छन् । सानो सानो कुरालाई लिएर विवाद गर्ने भएकाले उनीहरुले प्रेमीकालाई खुसी बनाउन सक्दैनन् ।

L बाट नाम सुरु हुने व्यक्तिहरु :  यो अक्षरबाट नाम सुरु भएका पुरुषहरु केही नसोची छिट्टै प्रतिक्रिया जनाउने गर्छन् । उनीहरु आफ्नो कुरा माथि पार्नको लागि आवाजको साहरा लिने गर्छन् । उनीहरु अरुको रिस पनि प्रेमीलाई देखाउने गर्छन् ।

P बाट नाम शुरु हुने व्यक्तिहरु :  P  बाट नाम सुरु भएका व्यक्तिहरु प्रेमीकाको हरेक कुराम असहमति जनाउँछन् । रिसमा क्रोधित हुने यी व्यक्तिहरु पत्नीको सल्लाह केही पनि स्वीकार गर्दैनन् । उनीहरु श्रीमतीलाई आफ्नो नियन्त्रणमा राख्नको लागि रिस देखाउने गर्छन् ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:०१

सूर्यास्तपछि यी चीजको लेनदेन नगरेकै राम्रो !