दुई भाइको लडाईले जन्माएको दुई ब्राण्ड : अहिले विश्वभर गर्दैछन् राज !

काठमाडौँ । बजारमा स्पोर्ट शू का प्रमुख प्रतिस्पर्धी ब्राण्ड एडिडास र पूमाका प्रमुख सञ्चालक साख्खे दुई दाजुभाइ हुन् । जर्मनीको एक गरिब परिवारमा जन्मिएका दुई दाजुभाइ मध्ये एडिडासका मालिक एडोल्फा ड्यासलर र पूमाका मालिक रुडोफ ड्यासलर थिए ।

उनीहरुका बाबू एउटा जुत्ता कारखानाकामा काम गर्थे भने आमाले कपडा धुने कारखाना चलाएकी थिइन् । त्यो बाहेक अन्य परिवारले घरमा चप्पल बनाएर बेच्ने गर्थे । त्यसपछि सन् १९२० मा जर्मनकी हर्जोगेनार्च भन्ने ठाउँमा ड्यासलर बदर्श स्पोर्टस् जुत्ताको कारखाना खोले । एडोल्फ जुत्ता बनाउनमा माहिर थिए । रुडोल्फ जुत्ताको व्यापार गर्थे ।

यी दुई दाजुभाइ तत्कालीन जर्मन तानाशाही हिटलर पार्टीको सदस्य थिए । त्यती बेलाको समयमा ओलम्पिक खेलका क्रममा दाजुभाइले खेलाडीलाई आफ्नो जुत्ता लगाउन राजी बनाए । तब ड्यासलर भाईको जुत्ता कम्पनीको भाग्य नै चम्कियो । जेस ओवेन्सले ओलम्पिकमा चारवटा स्वर्ण पदक जितिसकेका थिए । उनले जुत्ता लगाएपछि ड्यासलर कम्पनीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने पहिचान बन्यो ।

यद्यपी ड्यासलर भाइको जिन्दगीमा आएपछि उनीहरुको सम्बन्धमा समस्या देखिन थाल्यो । यी दाजुभाइ बीच भएको विवादको रहस्य अझै पत्ता नलागेपनि दितीय विश्वयुद्धपछि दुई भाइ अलग भए । उनीहरुले जुत्ता कम्पनी विभाजन गरे । एडोल्फले जुत्ता कम्पनीको नाम एडिडास राखे । उता रुडोल्फले आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे । कम्पनी भाग लगाउने क्रममा उनीहरुले कम्पनीका कामदारहरु पनि आधा आधा बाडे ।

यति भएपछि पनि कम्पनीबीच धेरै शत्रुता बढ्यो । त्यतिमात्र हैन् दुई ब्राण्डका फरक फरक जुत्ता लगाउने व्यक्तिमा समेत दुश्मनी बढ्यो । एक कम्पनीले अर्को कम्पनीमा काम गर्ने कर्मचारीलाई कुनै पनि सम्बन्ध राख्न निषेध गरिएको थियो ।

अन्ततः दुई दाजुभाइकै मृत्यु १०७० को दशकमा भयो । एउटै चिहान एउटै घारीमा अन्त्येष्टि गरेपनि उनीहरुको लासलाई धेरै टाढाको दूरीमा राखेर गाडियो । दुवै दाजुभाइका मृत्यु भएपनि उनीहरुको शत्रुता कायम नै छ ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:३१

पाँच तारे होटलमा जस्तै सेवा र सुविधा भएको यो अचम्मको जेल !