पत्रकार शालिकराम पुडासैनी प्रकरण : रवि लामिछाने सहित तीनै जनाले पाए सफाइ !

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनले फैसला सुनाएको छ। अदालतले आइतबार आफ्नो अन्तिम फैसला सुनाएको हो।

आत्म-ह’त्या दुरूत्साहनको मुद्दा बारे फैसला गर्दै जिल्ला अदालत चितवनले टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनै जनालाई सफाई दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलालसले लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई सफाई दिएको हो।

पत्रकार शालिकराम पुडासैनीलाई ज्यान फाल्न बाध्य बनाएको आरोपमा सरकारी वकिल कार्यालयले लामिछाने सहित तीन जना विरुद्ध दुरूत्साहनको मुद्दा चलाएको थियो।

गत साउन २१ गते पत्रकार शालिकराम पुडासैनी कंगारू होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। शालिकरामले मृत्यु अगाडी मोबाइलमा रेकर्ड गरेको एक भिडियो फेला परेको थियो। जसमा उनले आफ्नो मृत्युको दोष लामिछाने, कँडेल र कार्कीलाई लगाएको देखिएको थियो।

भिडियो बाहिरिएसँगै जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:४६

सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपा सचिवालय निर्णय