काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायु सक्रिय हुँदा आज पनि नेपालको विभन्न भागहरुमा पानी तथा हिउँ पर्ने भएको छ।
उनका अनुसार केही दिन लगातार बर्षापछी निष्क्रिय बनेको पश्चिमी वायु आजदेखि फेरि सक्रिय हुने छ जसका कारण नेपालको मध्य भाग तथा पश्चिमी भेगमा पानी र हिउँ पर्ने भएको छ।
मौसमविद्हरु अनुसार तराईका भूभागमा आज पनि दिनभर कुहिरो लाग्ने छ। त्यससंगै काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रहरुमा पनि दिउँसो १२ बजेदेखि बदली हुने विभागमाले जानकारी दिएका छन्।
महाशाखाकी मौसमविद मन्जु बासीले तराईमा लागेको हुस्सु तथा कुहिरो बेलुकीपख मात्रै हट्दै जाने जानकारी दिएका छिन्। राती भने पूर्वी र मध्य तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।