राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते हुन गई रहेको राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ ।
सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने र कुनै दलले पनि प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचार संहिताका अनुसार निर्वाचनको ४८ घण्टाअघिदेखि नै प्रचार प्रसार गर्न पाउदैन । आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल तथा तिनका उम्मेदवारको पक्षमा कुनै प्रचार गर्न पाउँदैनन् ।
सातवटै प्रदेशमा हुन गई रहेको निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मत जायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गरिनेछ।