गायिका आस्था राउत का’ण्ड: प्रत्यक्षदर्शी सुमनले खोले मुख, के भन्छन त उनि?

काठमाडौँ, माघ ६ । गायिका आस्था राउतले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुमाथि  महिला प्रहरीबाट नै दुर्व्य’वहार भएको भन्दै गत माघ १ गते एक भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमा उनले आफुमाथि दु’र्व्य’वहार भएको भन्दै प्रहरीलाई केहि पाठ सिकाईन तर बोल्दै जादा उनि आफैले अपशब्द बोलिन जसले गर्दा थप उनको आलोचना भयो । त्यसको केहि दिनमै  विमानस्थलबाट सिसिटिभी फुटेज सार्वजनिक भयो । र लगतै विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि गायिका आस्था राउतले दु’र्व्यवहार गरेको भन्दै उजुरी दिईन् । त्यसपछि अनुसन्धानको लागि आस्थामाथि पक्राउ पुर्जी जारी भयो ।

सीसीटीभीको फुटेज सार्वजनिक भएपछि बुधबार भएको  सो घटनाको विषयलाई लिएर मानिसहरुले अहिले पक्ष र विपक्ष दुवैमा आफ्ना विचार व्यक्त गरिरहेका छन् । त्यस्तै गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वाद-विवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले सामाजिक सञ्जाल फेसबुकमार्फत सो घटनाको बारेमा बोलेका छन्। शुक्रबार सार्वजनिक भएको सीसीटीभी फुटेजमा उनि देखिएपछि भएपछि यसबारे बोल्न उनिमाथि दबाब आएको उनले बताएका छन् ।

 प्रत्यक्षदर्शी सुमन देउजा भन्छन्,”मलाई मेरो फेसबुकका साथीहरुले यो भिडियोमा देख्ने एक जना तिमि होइन भनेर म्यासेज गरे । र मैले हो भने । मैले सबै कुरा देखेको छु र म भन्न सक्छु यो आस्थाको गल्ती थियो। महिला प्रहरीले आफ्नो जिम्मेवारी अनुसार राम्रो काम गरिरहेकी थिइन् । मलाई थाहा छ कि आस्था  सेलिब्रिटी हुन सक्छिन्  तर उनले नियम पालना गर्नु आवश्यक छ। महिला प्रहरीले नियम अनुसार आस्थालाई ज्याकेट खोलेर चेकिङ मेशिनमा हाल्न आग्रह गरिन । तर उनले आफुलाई हत्तार भएको बताईन । त्यसपछि प्रहरीले उनलाई यदी ढिलो भएको हो भने समयमै आउनु पर्छ नि मात्रै भनेकी थिइन्। ज्याकेट चेक गरेर फर्केकी आस्थालाई महिला प्रहरीले उनको कफी दिईन तर आस्थाले लिन मानिनन। उनले कफी लिन नमान्दा टेबुलमा  कफी पोखियो। त्यसपछि प्रहरीले आस्थालाई पोखिएको कफि पुछेर डसविनमा हाल्न भनिन तर आस्थाले ओभर रियाक्ट गरिन । महिला प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । मलाई केहि मतलब छैन तर महिला प्रहरी सही थिइन्। म महिला प्रहरीलाई  सही तरिकाले काम गरेकोमा सलाम गर्न चाहन्छु”

प्रकाशित : सोमबार, माघ ०६, २०७६०७:३४

आवश्यकता र स्वार्थ पूरा हुने सहयोग तथा सहायता स्वीकार गर्नुपर्छ: सहमहामन्त्री महत