काठमाडौँ, माघ ६ । सोमबार दिउँसो नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा निधन भएको छ । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य तथा विपक्षी दलका प्रमुख नेता शर्माको आफ्नै निवासमा निधन भएको हो।
रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित घर भएका नेता शर्मा लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष माघमा पोखरेलको छातीमा संक्रमण देखिएर काठमाडौँको नर्भिक हस्टिलमा चेकजाँच गरिएको थियो । त्यस समय उनको फोक्सोको क्या’न्सर देखिएको थियो ।
पोखरेलको विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएको थियो। त्यस समय नै चिकित्सकले उनलाई निको हुने सम्भावना नरहेको बताएका थिए । क्यान्स’र रोगबाट पीडित नेता पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।
पोखरेल १९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मिएका थिए । प्रदेशसभाकै जेष्ठ सदस्य समेत रहेका पोख्रेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए।