प्रदेश ५ कै ज्येष्ठ सदस्य तथा विपक्षी नेता पोखरेलको निधन

काठमाडौँ, माघ ६ । सोमबार दिउँसो नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा निधन भएको छ । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य तथा विपक्षी दलका प्रमुख नेता शर्माको आफ्नै निवासमा  निधन भएको हो।

रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित घर भएका नेता शर्मा  लामो समयदेखि अस्वस्थ  थिए । गत वर्ष माघमा पोखरेलको छातीमा संक्रमण देखिएर काठमाडौँको  नर्भिक हस्टिलमा चेकजाँच गरिएको थियो । त्यस समय उनको फोक्सोको क्या’न्सर देखिएको थियो ।

पोखरेलको विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएको थियो। त्यस समय नै  चिकित्सकले उनलाई निको हुने सम्भावना नरहेको बताएका थिए । क्यान्स’र रोगबाट पीडित नेता पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।

पोखरेल  १९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मिएका थिए ।  प्रदेशसभाकै जेष्ठ सदस्य समेत  रहेका पोख्रेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए।

प्रकाशित : सोमबार, माघ ०६, २०७६०९:५५

सभामुखको उम्मेदवार टुङ्गिएसँगै तुम्वाहाङ्फेद्वारा राजीनामा! कारण यस्तो