पूर्वप्रमुख राईको पाटन अस्पतालमा निधन!

काठमाडौँ, तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बु’द रोगको उपचार गराउदै आएका   राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताएका छन् । प्रमुख राई विगत एक वर्षदेखि अ’र्बुद रोगको उपचारमा गर्दै आइरहेका थिए।

भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्या’न्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उहाँ विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित भएका थिए।

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ
वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराउनुभएको छ । उहाँहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसार्इंले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६१२:४७

माघ ९ गते हुने निर्वाचनमा यसरी पनि मतदान गर्न सकिने!