आखिर यी व्यक्तिले किन बनाए विमान जस्तै घर ? यस्तो छ कारण !

नाइजेरियाको एक घटना, आजकल सोशल मिडियामा अत्यन्तै भाइरल भइरहेको छ। नाइजेरियाका एक व्यक्तिले आफ्नी श्रीमतीको लागि एउटा विलासी घर बनाए, जुन विमान जस्तै देखिन्छ।

जमाल नाइजेरियाको राजधानी अबूजाका हुन्। वास्तवमा, उनको श्रीमती घुम्न निकै मन पराउँछिन्। यही रुचिलाई हेरेर, जमालले २० वर्षको समयमा आफ्नी श्रीमतीको लागि यस्तो घर बनाए।

कस्तो छ त यो घर ?

खबरका अनुसार, यात्रा मन पराउने श्रीमतीका लागि जमालले यस्तो घर बनाएका हुन्। यस घर माथिको आकार बिमान जस्तै छ। यस घरमा गेस्ट हाउस, मस्जिद, स्विमिंग पूल, बगैचा र निकै हरियाली छ। जमालका अनुसार, आफ्नी श्रीमतीले जहिले पनि आफू कतै घुम्दै गरेको महसुस गरुन् भनेर उनले बिमानको आकारको घर बनाएका हुन्।

१९९९ बाट सुरु भएको थियो घरको निर्माण

जमालले १९९९ बाट यस घरको निर्माण सुरु गरेका थिए। जमालको छोरा त्यसबेला १२ वर्षको थिए। उनलाई अहिले पनि याद छ कि, उनका छोरा स्कूलबाट आउने बित्तिकै आफ्नो भाई बहिनीसंग मिलेर उनलाई सहयोग गर्थे। जमालका अनुसार उनले यस घर, परिवार र देशका लागि बनाएका हुन्। यस घर अहिले पर्यटन आकर्षणको केन्द्र बनेको छ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१२:१४

कुपोषणले सिंहहरुको यस्तो हालत बनायो, हृदयविदारक तस्विरले विश्व भावुक ! [तस्विर सहित]