गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ !

काठमाडौँ – धनुषाको एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा रहेको एक गेस्ट हाउसबाट एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार ४ बजे आसपासको समयमा सपहीको मेन रोडमा रहेको अमरज्योति लज एन्ड गेस्ट हाउसमा प्रहरीले छापा-मारेको थियो। जसक्रममा दुईजना आपत्तिजनक अवस्थामा फेला परेका हुन्।

अमरज्योति लज एन्ड गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई आर्थिक प्रलोभनमा पारी अनैतिक कार्यमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

गेस्ट हाउसमा प्रहरीले दुई जना नियन्त्रणमा लिएरसँगै सञ्चालक फरार भएका छन्। फरार सञ्चालकको खोजि भैरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको भनाई छ।

नियन्त्रणमा लिइएका दुवै माथि प्रहरीले मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६०६:०४

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता : प्रस्तावकमा सुवास नेम्वाङ, राजपाको पनि समर्थन !