बलिउड अभिनेत्रीको गुमनाम निधन : हालखबर सोध्ने थिएनन् कोहि, मृत शरीर ३ दिनसम्म अलपत्र !

एजेन्सी – परवीन बबी कुनै एक समयमा बलिउडकै चर्चित नायिका थिइन्। ७०को दशकमा उनको अत्याधिक चर्चित थियो। बलिउडकी अत्याधिक चर्चित भएपनि उनको निधन भने गुमनाम र रहस्यमयी रह्यो।

परवीनको जन्म गुजरातको जूनागढमा भएको थियो। अंग्रेजी साहित्यमा एक कलेजबाट ‘बीए’ अध्ययन गर्दैगर्दा परवीन मोडलिंगमा प्रवेश गरेकी थिइन्।

सन् १९७६मा एक चर्चित म्यागजिनको कभरमा छापिएकि थिइन्, परवीन। म्यागजिन कभरमा छापिएसँगै परवीनको बलिउडमा चर्चा चुलिएको थियो।
बलिउड करियरको शुरुवातमा परवीनको जादू चल्न सकेन। यधपी, बिस्तारै उनी हिट हुँदै गइन्। अमिताभ बच्चनसँगको चलचित्र मजबूर सफल भएपछि परवीनका चलचित्रहरु लगातार हिट हुँदै गए।

परवीन प्रेम सम्बन्ध र अफेयरका कारण पनि चर्चामा रहिन्। उनको नाम महेश भट्ट, कबीर बेदी र डेनी जस्ता कलाकारहरुसँग जोडियो। तर, उनी महेश भट्टसँग गम्भीर सम्बन्धमा थिइन् भन्ने गरिन्छ।

विवाहित भएर पनि महेश भट्ट परवीनमा फिदा भएको बताइन्छ। किरनसँग पहिलो विवाह गरेका महेशको परवीनसँगको सम्बन्धकै कारण सम्बन्धमा दरार आएको थियो। त्यसताका महेशले परवीनलाई विवाह गर्ने पनि हल्ला चलेको थियो।

महेशसँग प्रेम सम्बन्धमा हुँदा देखि नै परवीनलाई गम्भीर मानसिक समस्याले सताउन थालेको बताइन्छ। बताइएअनुसार परवीनलाई पैरानायड सिजोफ्रेनिया नामक मानसिक रोग थियो। महेश भट्टसँगको सम्बन्ध टुटेपछि सिजोफ्रेनियाले परवीन अझ बढी ग्रस्त बनाएको बताइन्छ। नाम कयौं कलाकारहरुसँग जोडिएपछि परवीनको विवाह भने भएन।

जीवनको अन्तिम क्षणमा परवीन पूर्णरुपले एक्ली भएकी थिइन्। परवीनको कसैलाई मतलब थिएन। निधन भएको तीन दिन पछि मात्रै परवीन फेला परेकी थिइन्। आफ्नै फ्ल्याटमा परवीनको गुमनाम निधन भएको थियो। परवीनको मृत्युलाई अझै पनि रहस्यमयी मानिन्छ। उनको निधन कसरी भयो भन्ने बारे अझ पनि कुनै ठोस कारण र प्रमाण छैन।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६०७:१३

साथीसंग शाहरुखकी छोरी सुहानाको यस्तो हर्कत, तस्विर भाइरल!