मंगल र राहू बिग्रँदा बच्चाहरु हुने गर्छन् निकै जिद्दी, छुटकारा पाउन यसो गर्नुहोस्…

आजकाल बच्चाहरु प्राय: जिद्दी स्वभावको हुने गर्दछ। बच्चाहरुको स्वभावलाई लिएर प्रायः परिवारहरु चिन्तित् रहने गर्छन्। बच्चाहरुलाई निकै पटक सम्झाउदा पनि सफलता प्राप्त भने हुदैन।

त्यसैले यस समस्याको समाधान गर्न ज्योतिष शास्त्रको सहयोग लिदा फाइदाजनक साबित हुनेछ। अनि मात्र यस समस्याको समाधान गर्न सकिन्छ। ज्योतिष शास्त्रका अनुसार आफ्नो बच्चाको रिस तथा जिद्दी कम गर्न यसो गर्नुहोस्।

दुई प्रकारका हुन्छन् जिद्दी

जिद्दी दुई प्रकारका हुन्छन्। पहिलो सकारात्मक जिद्दी हुने गर्छन भने दोस्रो नकारात्मक। सकारात्मक जिद्दीले व्यक्तिलाई सफलता हासिल गर्न मद्दत गर्दछ भने नकारात्मक जिद्दी कुनै पनि हिसाबले लाभकारी मानिदैन।

जिद्दीको कारण: मंगल र राहू

ज्योतिष शास्त्र अनुसार, मंगल र राहू बिग्रिएको कारण, बच्चाहरु नकरात्मक जिद्दी हुने गर्छन्। शास्त्रका अनुसार जो व्यक्तिको मंगल खराब हुन्छ, उनको २४ देखि ४८ वर्षसम्मको समयलाई राम्रो मानिदैन। त्यसै गरि राहु खराब भएमा ३६ देखि ५२ वर्षसम्म समय खराब रहनेछ।

चाँदीको सामानको प्रयोग गर्नुहोस्

यदि मंगल र राहु खराब छन् भने चाँदीका चीजहरुको प्रयोग गर्नु पर्दछ। यदि सम्भव छ भने चाँदीले बनेको साम्रगी लगाउनुहोस्। साथै, चाँदीको गिलासमा पानी पिउँदा मन शान्त हुन्छ। यस बाहेक, बच्चाको दूधमा अश्वगन्ध मिसाएर दिनु पर्दछ। बिहीबार र शनिवार खरानी वा खैरो धागोमा अश्वगंधाको जरा लगाउनु पनि लाभकारी मानिन्छ।

रिसलाई शान्त पार्ने तरिका

केहि बच्चाहरु आफ्नो जिद्द पुरा नहुदा रिसाउने गर्छन्। ज्योतिष शास्त्रमा, यस्ता क्रोधको कारण खराब मंगल, शनि, राहुलाई मानिन्छ। त्यस्ता बच्चाहरूका लागि, शनिबार एउटा चम्चामा जौ लिएर, जौलाई दूधले पखाल्नुहोस्  र त्यसलाई बगिरहेको पानीमा बगाउनुहोस्। यो उपायलाई सूर्यास्त पछिको ४८ मिनेट पछि मात्र गर्नुपर्छ। यस्तो गर्नाले रिस शान्त तथा कम हुने विश्वास गरिन्छ। साथै जिद्दी तथा रिस कम गर्नका लागि किशमिश र अंगुर खुवाउनु पनि लाभदायक हुन्छ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१२:०३

आखिर यी व्यक्तिले किन बनाए विमान जस्तै घर ? यस्तो छ कारण !