आमाको दूधलाई पनि विषालु बनाउँदैछ आधुनिक खानपान, नवजात शिशुहरु खतरामा !

कैयौं दिन देखि जमाएर राखेको खाने कुरा, फास्ट फूड, रसायनयुक्त फल तथा तरकारी र विषाक्त पानी, यही नै हाम्रो तितो सत्य हो।  एक चोटी आफै सोच्नुहोस् त! के हामीले खाने गरेको हरेक कुरा अर्गानिक नै हो त ?

नेपालमा अर्गानिक खेती र जैविक खेती एकै हो भन्ने भ्रम छ । कुनै पनि खेतीको उत्पादन र प्रशोधन प्राकृतिक अथवा जैविक तरिकाबाट गर्दैमा तपाईको उत्पादन अर्गानिक बन्दैन । अर्गानिक हुन तपाईंले त्यसका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।

यस्ता रसायनहरु हाम्रो खाद्यान्न वस्तुहरूमा प्रयोग भइरहेको हुन्छ, जुन विश्वभर प्रतिबन्धित छ, जस्तै डीडीटी, बीएचसी, एल्ड्रान, क्लोसडेन, एड्रीन, मिथाइल पैराथियोन, टोक्साफेन, हेप्टाक्लोर तथा लिन्देन।

यसको परिणाम यो हो कि नेपालीहरुले दैनिक खानामा, स्वादिष्ट खानाको साथ धेरै मात्रामा डीडीटी पनि खाने गर्दछ। यसले हाम्रो स्वास्थ्यमा त असर गर्छनै, तर यसबाट महिलाको दूध पनि प्रभावित भएको हुन्छ। भर्खरै जन्मेको बच्चाहरुका लागि स्तनपान गराउनु नै सबै भन्दा राम्रो मानिन्छ तर एउटा अनुसन्धानका अनुसार स्तनपान गराउने महिलाहरुका दूधको नमूनामा कीटनाशकको ​​प्रतिशत सामान्य सीमा भन्दा ४०० देखि ८०० प्रतिशतसम्म बढी पाइएको छ।

नेपाल तथा भारतमा, स्तनपान गराउने महिलाहरुका दूधका नमूनाहरुमा डीडीटी र बीएचसी जस्ता कीटनाशकको ​​मात्रा अन्य देशहरूको तुलनामा बढी पाइएको छ। अब तपाईहरुले के खाने र के नखाने भनेर आफै निर्णय गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१२:१८

यी ५ व्यक्तिले भूलेर पनि नखानुहोस् लसुन, शरिरलाई ठूलो खतरा हुन सक्छ !