अभिनेत्री श्वेता बसु प्रसादले २०१८ मा सीक्रेट वेडिंग गरेकी थिइन् । उनले आफ्नो बिहे आफ्नै साथी रोहित मित्तलसँग गरेकी थिइन् । तर बिहे भएको एक वर्ष नहुँदै श्वेताले श्रीमान रोहित मित्तलसँग अलग हुने निर्णय लिएकी छन् ।
उनले केहि समय पहिले नै यस बारेमा जानकारी दिएकी छन् । हालै यी अभिनेत्रीले इंस्टाग्राममा एक पोस्ट गर्दै भनेकी छिन् कि उनि र उनको श्रीमानले डिभोर्स लिने निर्णय लिएका छन् । एक इन्टरभिउमा श्वेताले डिभोर्सको बारेमा स्पष्ट भनेकी थिइन् । उनले भनिन् कि को’र्टमा सबै प्रोसेस सुरु भएको छ ।
श्वेताले भनिन् , ‘ मैले आफ्नो इंस्टाग्राम पोस्टमा पहिले नै भनेकी थिए कि हामी आपसी सहमतिमा अलग हुने निर्णय लिएका छौ। रोहितले सधैँ मेरो साथ छोडेका छैनन् । म उनको फ्यान हुँ र हामी ५ वर्षसम्म रिलेशनमा रह्यौ ‘
श्वेताले बाल कलाकारको रुपमा २००२ सालमा ‘मकड़ी’ फिल्मबाट करियरको सुरुवात गरेकी थिइन् । त्यसपछि उनले ‘इकबाल’, ‘वाह! लाइफ हो तो ऐसी’ र ‘डरना जरूरी हैं’ जस्ता फिल्ममा अभिनय गरिन । हालै श्वेताले फिल्म ताशकंद फाइल्समा आफ्नो अभिनयको कारण चर्चा कमाएकी थिइन् ।