भोलि माघ ८ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाई  निर्धारित कार्य राम्रोसँग  पूरा गनु हुनेछ। धार्मिक  वा मांगलिक अवसरमा  उपस्थित हुनुहुनेछ । तीर्थयात्राको योग रहेको छ ।  क्रोधको कारण पेसा-धन्दामा वा घरमा मनमुटाव हुनेछ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

हातमा लिएको कार्य समयमा पूरा नहुँदा निराश अनुभव गर्नुहुनेछ  । कार्य सफलतामा विलम्ब हुनेछ । खान-पानको  कारण स्वास्थ्य खराब  होला भने नयाँ कार्य प्रारम्भ नगर्नुहोला ।  योग ,साधना र आध्यात्मिकताले तपाईलाई आज मानसिक शान्ति प्रदान गर्नेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

आरामदायक र प्रसन्नतापूर्वक दिनक्ल सुरुवात हुनेछ । पाहुना र साथीसँग पार्टी  पिकनिक र समूह भोजनमा जानुहुनेछ । नयाँ कपडा र  गहना किन्नुहुनेछ । मनमा आनन्द रहनेछ । सार्वजनिक जीवनमा तपाईले  सम्मान र लोकप्रियता  प्राप्त गर्नुहुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाई  चिन्ता रहित र खुशी रहनुहुनेछ। पारिवारिक सदस्यसँग विशेष समय दिनुहुनेछ र आनन्केदपुर्वक समय बिताउनु हुनेछ । कार्यमा  सफलता र यश मिल्नेछ । साथी कार्यकर्ताले   सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहला ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाई आन्तरिक  सृजनात्मकतालाई  नया स्वरूप प्रदान गर्न सक्नुहुनेछ । प्रिय व्यक्तिसँग  भेट हुनेछ । सन्तानको प्रगतिको समाचार मिल्नेछ । विधार्थीको  लागि  निकै राम्रो समय रहेको छ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

तपाईको दिन निकै आनन्दमय   रहेको छ ।  स्वास्थ्य राम्रो  रहनुका साथै  मनमा चिन्ता रहनेछ । आमासँग सम्बन्धमा तनाव आउँला । आफन्तसँग  मनमुटाव होला  । स्वाभिमान भंग नहोस यस कुराको ख्याल राख्नुहोला ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

नयाँ कार्य प्रारम्भ गर्नको लागि अनुकुल दिन रहेको छ । भाग्यवृद्धि र धनलाभ होला । पारिवारिक वा  व्यवहारिक कार्यको  अवसरमा बाहिर जानुपर्नेछ  ।  विदेशबाट  शुभ समाचार मिल्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

 परिवारमा सुख शान्ति बनि रहनेछ । मिष्टान्न भोजन मिल्नेछ । धार्मिक कार्यमा खर्च हुनेछ  । तपाईको बोलिको प्रभावले  अरु मान्छेलाई मोहित गर्नेछ । धन लाभ हुनेछ र विधार्थीलाई  निश्चितरूपबाट  सफलता मिल्नेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

सन्तानको सुख , पढाई र स्वास्थ्यको लागि उत्तम समय रहेको छ । विदेश व्यापारबाट  लाभ हुनेछ । प्रेमी र मित्रसँगको भेट आनन्दित रहनेछ । आर्थिक लाभ होला । जीवनसाथीको तर्फबाट सुख र आनन्द  मिल्नेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । सुरुचिपूर्ण भोजन मिल्नेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

 व्यवसायमा  सरकारको हस्तक्षेप बढ्नेछ । धार्मिक कार्यमा खर्च हुनेछ । आध्यात्मिक र धार्मिक व्यवहार वृद्धि हुनेछ । शत्रुद्वारा समस्यामा  पर्नुहुनेछ । स्त्री वा सन्तानको चिन्ता रहनेछ ।

  कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

मांगलिक कार्य र नयाँ कार्य गर्आनको लागि अत्यन्त  शुभ दिन रहेको छ । अविवाहितको  विवाह हुनेछ । श्परीमती र सन्त्नीतानको शुभ समाचार मिल्नेछ । गृहस्थजीवन र दाम्पत्यजीवनमा  सुख र सन्तोषको भावना अनुभव हुनेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

 हरेक कार्य सफलतापूर्वक सफल हुनेछ । पेसा र  व्यवसायमा  पदोन्नति र वृद्धि हुनेछ । आर्थिक लाभ र परिवारमा आनन्द छाउनेछ । सार्वजनिक मान-सम्मान  वृद्धि र गृहस्थजीवन मा सुख-शान्तिले धन्यता अनुभव हुनेछ ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१४:०५

मीन राशि हुनेहरुको लागि कस्तो रहला सन् २०२०? हेर्नुहोस् वार्षिक राशिफल !