एजेन्सी- मदिरा सेवन स्वास्थ्यको लागि धेरै नै हानिकारक हुन्छ। मदिरा सेवनले मिर्गौला, कलेजो सहित शरीरका विभिन्न अंगमा गम्भीर असर पार्ने डाक्टरहरु बताउने गर्छन्।
मदिरा सेवनले क्यान्सर, हृदयघात, मधुमेह लगायतका समस्याहरु बढ्ने सम्भावना पनि रहन्छ। यहि हुनाले चिकित्सकहरु सकेसम्म मदिरा सेवन नगर्न सल्लाह दिन्छन्। मदिराकै कारण घर-बार बिग्रिएका पनि उदाहरण छन्।
शरीरमा खराबी गर्ने भएता पनि मानिसहरुमा मदिराको लत रहेको पाइन्छ। मदिराको लत छुटाउन फरक-फरक तरिका अपनाएको पाइन्छ। घरमै मदिराको तल-तल कम गराएर मदिराको लत देखि छुटकारा पाउने तरिका निम्न छन्।
गाँजरको जुस
दैनिक भान्सामा सलादको रुपमा प्रयोग हुने गाँजर मदिरा लत छुटाउनको लागि प्रयोग गर्न सकिन्छ। गाँजरको जुस दैनिक पिउनाले मदिराको तल-तल कम गराउने धेरै अनुसन्धानहरुले देखाएका छन्।
किशमिश
अत्याधिक मदिराको तल-तल लाग्नेहरुले किशमिश प्रयोग गर्न सक्छन्। मदिरा पिउन मन लागेका बेला केहि किशमिश चपाउँदा तल-तल हटेर जान सक्छ।
तुलसीका पात
तुलसीका पातमा एन्टिआक्सिडन्ट तथा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्। तुलसीको पात चपाउँदा मदिराको तल-तल कम हुन्छ। तुलसीको पातहरु चपाउँदा शरीरका फोहोर तत्वहरु पनि बाहिर निस्किन्छन्।
तीतो करेलाका पात
तुलसी पात जस्तै तीतो करेलाका पातले पनि शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ। तीतो करेलाका पातलाई पिसेर यसको रस पिउनाले पनि मदिराको तल-तल कम गराउन सकिन्छ।
अश्वगन्ध
अश्वगन्धमा पनि एन्टिआक्सिडन्ट तथा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्। हरेक दिन एक गिलास दूधमा एक चम्मच अश्वगन्ध पाउडर मिलाएर पिउँदा मदिराको तल-तल कम हुन्छ।
अदुवाको तेल
केहि चम्चा महमा अदुवाको तेल मिसाएर दैनिक खानु शरीरको लागि धेरै नै फाइदाजनक हुन्छ। यस मिश्रणको सहि मात्रा नियमित रूपमा लिँदा मदिराबाट दूरी राख्न मद्दत गर्छ।