नियमित शारीरिक सम्बन्धले बलियो बनाउने विज्ञहरुको दाबि !

नियमित शारीरिक सम्बन्ध राख्ने व्यक्तिहरु शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छन भन्ने भ्रम धेरै जसोमा पाईएको छ । विज्ञहरुका अनुसार नियमित शारीरिक सम्बन्ध राख्ने व्यक्तिहरु स्वस्थ  र तागतदार हुन्छन् । शारीरिक मांसपेसी बढ्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको हार्मोन टेस्टोस्टेरोनमा भर पर्ने कुरा हो।  शरीरमा जति बढी टेस्टोस्टेरोनको उत्पादन हुन्छ यौन चाहना पनि उति बढी हुन्छ र जति यौनचाहना बढ्छ तपाईको शरीरको मांसपेशी पनि उतिनै राम्रो हुदै जान्छ ।

विज्ञहरुको अर्को धारणा अनुसार व्यायाम, जिम तथा शारीरलाई लोड पर्ने जस्ता ट्रेनिङबाट शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ र यदि कोही व्यक्ति यौन रुपमा संक्रिय छ र स्वस्थ  छ भने उसको शरीरमा पहिले देखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । शारीरिक सुसंगठन र शारीरिक सम्बन्ध दुबैले तपाईँको शरीरको मांसपेशी झन बलियो बनाउने विज्ञहरुले  दाबि गरेका छन् ।

विज्ञहरुले गरेको एक अनुसन्धानमा अमेरिकास्थित एफएसएन स्पोर्ट साईन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो। सुरुमा उसलाई एक हप्तासम्म शारीरिक सम्बन्ध नराख्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो। फेरी एक हप्तासम्म शारीरिक सम्बन्ध राख्न भनियो र पुन: उसको फिटनेश परीक्षण गरियो । नतिजा यस्तो आयो कि शारीरिक सम्बन्ध नराखेको  बेलाको प्रदर्शन भन्दा सम्बन्ध राखेको बेलाको प्रदर्शन उत्कृष्ठ देखियो । अर्थात शारीरिक सम्बन्ध राख्दैमा व्यक्तिहरु कमजोर हुन्छन भन्ने होइन तर यसले शरीरलाई कुनै नकारात्मक प्रभाव नपर्ने बिज्ञहरु बताउछन ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१२:५८

के तपाईलाई बारम्बार ऐठान हुन्छ ? त्यसो भए सिरानीमुनी राख्नुहोस् यी चीज !