“प्रधानमन्त्री देखि प्रतिपक्षी समेत एमसिसीकै पक्षमा, ह्‍विप लगाएर भएपनि पारित गरिन्छ”

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना जुनै पनि हालतमा पारित हुने दावी गरेका छ।

रिपोर्टस क्लबमा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भए पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरिने दावी गरे।

प्रधानमन्त्री केपी शर्मा ओली देखि प्रतिपक्षी दलहरु समेत एमसीसीलाई अगाडी बढाउनुपर्ने पक्षमा रहेको पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री समेत एमसीसीको पक्षमा रहेको हुँदा ह्विप जारी गर्न समेत सकिने उनेल बताए।

“एमसिसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ। प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ। त्यसैले संसदीय प्रणालीमा ह्विप लागू हुन्छ। प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ। तर, केही बुँदाहरू हेरफेर हुनुपर्छ।”,उनले भने।


५५ अर्ब रुपैयाँ अनुदानले नेपालको गरिबी हट्ने नभएता पनि उक्त अनुदानले देशको विकासमा धेरै ठूलो टेवा पुग्ने उनको भनाई छ। अनुदान निःशर्त हुने भएका परियोजनामा भएका शर्तहरू खारेज हुनुपर्ने माग उनको छ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१३:२९

“सिंहदरबारको अधिकार होइन भ्रष्टाचार चाहीं तलसम्म पुग्यो, एनसेलसँग करमा उठाउनेमा ध्यान खोइ?”