एजेन्सी, ‘फास्ट एण्ड फ्यूरियस’ को स्टार पल वाल्करको मृत्यु सात वर्ष पहिले नै क्यालिफोर्नियास्थित उत्तर लस एन्जलसमा कार दु’र्घटनामा परि निधन भएको थियो। पल वाल्करको मृत्यु हुँदा उनी ४० वर्षका थिए । पलको निधन भएको सात वर्षपछि उनको कार बिक्रि भएको छ ।
उनको १८ ओटा कार र ३ ओटा बाइक १६ करोड रुपैँयामा बिकेको छ । यो लिलामी अमेरिकाको एरिजोनाको स्कटडेलमा भएको हो । बिक्रि बह्येर आएको रकम पलकी छोरी मैडोको एक ट्रस्टलाई दिईनेछ ।
पललाई गाडीको निकै शोख थियो । पल वाल्कर प्रति मिनेटमा ४२ पटक कारको गियर शिफ्ट गर्दथे । उनलाई कार रेसिंग यति राम्रो अनुभव थियो कि घटना भएको दिन यदि उनको साथीको सट्टा आफैले कार चलाएका भए त्यो दिन दुर्घ’टना हुदैन थियो र वाकर अहिले जीवित नै रहन्थे।
पलले १९८५ सालमा ११ वर्षको उमेरमा नै टेलिभिजनमा काम गर्न सुरु गरेका थिए । उनले फिल्ममा जानुभन्दा पहिला “हाईवे टू हेवन”, “ए टच्ड बाई एन एंजेल द्वारा”, “थ्रोब” र अन्य टीभी शोजमा काम गरे । मोंस्टर इन द क्लोसेट पलको पहिलो फिल्म थियो जुनमा उनले काम गरेका थिए। पल वाकर फिल्म ‘फास्ट एंड फ्यूरियस’ को फ्रेंचाइजीको एक चर्चित अभिनेता पनि हुन् ।