बलिउड अभिनेत्री दिपिका पादुकोण यस्ती अभिनेत्रीको लिस्टमा चर्चित छिन कि उनलाई समाजको राम्रो कामको लागि पनि चिनिन्छन् । दिपिका पादुकोण सधैँ मेन्टल हेल्थलाई लिएर खुलेर कुरा गर्छिन् र उनको यस कार्यलाई लिएर अहिले दिपिकालाई एक ठुलो सम्मान मिलेको छ ।
दिपिका वर्ल्ड इकोनमिक फोरमको तर्फबाट क्रिस्टल अवार्डबाट सम्मानित भएकी छिन् । यो अवार्ड पाएपछि उनले कृतज्ञता व्यक्त गरेकी छिन्। वर्ल्ड इकोनमिक फोरमको एनुअल मीटिंग दावोसमा आयोजना भएको थियो । दिपिका यस कार्यक्रमको लागि स्विजरल्याण्ड गएकी थिइन् ।
दावोसमा हुन गईरहेको यो मीटिंग २१ जनवरीमा भएको थियो । दिपिकाले मेन्टल हेल्थलाई लिएर गरिएको कार्यको लागी उनलाई यो सम्मान दिईएको हो । जब यस सम्मानको घोषणा गरिएको थियो तब दिपिकाको नाम चयन गरेपछि फोरमको तर्फबाट भनिएको थियो कि दिपिका एक अन्तराष्ट्रीय स्तरको अभिनेत्री , फेशन आइकन र मेन्टल हेल्थ एम्बेसडर हुन् ।
दिपिकाको फिल्मी करियरको कुरा गर्दा १० जनुअरी २०२० मा उनि अभिनित फिल्म छपाक रिलीज भएको थियो । फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । फिल्ममा दिपिकाले एक ए’सिड अ’ट्याक पिडितको भूमिका निभाएकी थिइन् ।