एक अर्कालाई सम्झेर रुने यी कलाकार ब्रेकअप पछि सँगै काम गर्न बाध्य भए !

बलिउडमा जति रोमान्स ‘रिल लाइफ’ मा हुन्छ, त्यो भन्दा बढी त ‘रियल लाइफ’मा कलाकारहरु बीच हुने गर्दछ। धेरै कलाकारहरु फिल्मको शुटिंगको माध्यमबाट एक अर्काको नजिक आउँने गर्छन्। तर जब ति कलाकारहरुको ब्रेकअप हुने गर्दछ तब नचाहेर पनि ‘प्रोफेशनल लाइफ’मा निकै असर पर्ने गर्दछ। बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसको रियल लाइफमा ब्रेकअप भएपछी पनि एक साथ काम गरेका छन्। आउनुहोस् केहि त्यस्तै कलाकारहरुको बारेका चर्चा गरौं, जसले ब्रेकअप पश्चात पनि संगै काम गरे।

दीपिका- रणबीर

दीपिका पादुकोण र रणबीर कपूरको सम्बन्धका बारेमा त सबैलाई थाहा भएकै कुरा हो। दीपिका रणबीरको कारण डिप्रेशनको शिकार पनि बन्न पुगेकी थिइन्। तर उनीहरुले आफ्नो सम्बन्ध अन्त गरे पनि दुई जना साथि बनेर बस्ने निधो गरे। ब्रेकअप पछि उनीहरुले इम्तियाज अलीको फिल्म ‘तमाशा’ मा एक साथ काम गरे।

जोन – बिपशा

साया फिल्मको शूटिंगको क्रममा बिपाशा र जोनको भेट भएको थियो। फिल्मसंगसंगै उनीहरुको प्रेम पनि सुरु भयो। ती दिनहरुमा, बिपाशा र जोनको सम्बन्धका बारेमा निकै चर्चा पनि भयो र दुवै एक अर्कासंग ९ बर्ष सम्बन्धमा बसे। यति लामो समयको सम्बन्धपछि दुईजनाको ब्रेकअप भयो। तर ब्रेकअप पछी पनि यी दुई कलाकारले ‘रेस 2’ मा संगै काम गरे। तर खबरका अनुसार: दुइजना सधै सेटमा भिन्दा भिन्दै समयमा आउँथे र काम सिद्धिने बित्तिकै निक्लिने गर्थे।

क्याट्रिना – रणबीर

क्याट्रिना कैफ र रणबीर कपूरले फिल्म ‘अजब प्रेम की गजब कहानी’ को समयमा एकअर्कालाई डेट गरेका थिए। यद्यपि, २०१६ मा फिल्म ‘जग्गा जासुस’ को शूटिंगको क्रममा दुई जनाको ब्रेकअप पनि भएको थियो। तर ब्रेकअप पछि पनि फिल्मको प्रमोशनको क्रममा कलाकारहरु कैयौ पटक एक साथ देखा परेका थिए। आज पनि, रणबीर र क्याट्रिना राम्रा साथीहरु हुन्।

शाहिद- करीना

बलिउडको चर्चित जोडी शाहिद कपूर र करीना कपूरले, फिल्म ‘जब वी मेट’ पछि ब्रेकअप गरेका थिए। फिल्मको शुटिंग सुरु हुनु अघि नै  दुबैले एक अर्कालाई लामो समयदेखि डेट गरेका थिए। यद्यपि शुटिंग समाप्त भए संगै उनीहरुको सम्बन्ध पनि समाप्त भयो। तर केहि वर्ष पछी नै यी दुइ कलाकार ‘उड़ता पंजाब’ मा संगै काम गरे। त्यस फिल्मको प्रमोशनमा पनि यी दुइ कलाकार प्रोफेशनल रुपमा देखा परेका थिए।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१३:२९

बलिउड हिट मेशिन अक्षय कुमारको धमाका, अहिले सम्म कसैले नलिएको पारिश्रमिक लिँदै ! कति ?