घट्यो सुनचाँदीको मुल्य!

काठमाडौँ, माघ ८ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाले घटेको छ ।

महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला  ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार  ५ सय रुपैया तोकेको छ ।

मंगलबार छापावाला  सुन प्रतितोला ७५ हजार  ३ सय र तेजाबी सुन प्रतितोला  ७५  हजार  रुपैयामा  खरिद बिक्री भएको थियो ।

गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला  ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय  पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले घटेको छ।

आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६०५:३१

फेरि बढ्यो सुन तथा चादीको मूल्य, तोलामा कति पुग्यो ?