अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन !

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदका उम्मेदवार सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध प्रदर्शन भएको छ। सापकोटा विरुद्ध बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो।


काभ्रेका अर्जुन लामा ह-त्या आरोपमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै मण्डलामा प्रदर्शन गरिएको छ। नागरिक खबरदारी भन्दा प्रदर्शनमा उत्रिएका सर्वसाधारणहरुले सापकोटालाई सभामुख नबनाउन माग गरेका छन्।

सापकोटालाई सभामुख बनाए आफूहरुको अपमान हुने द्वन्द्वपीडितहरुले बताएका छन्। सर्वोच्च अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउन नहुने द्वन्द्वपीडित तथा नागरिक समाजको माग छ।


काभ्रे छत्रेबाँझका अर्जुन लामाको २०६२ सालमा तात्कालिन माओवादीले अ-पहरण पछि ज्यान लिएको थियो। अ-पहरण गरिएका लामाको शव दुई महिनापछि काभ्रे बुढाखानीमा गाडिएको अवस्थामा फेलापरेको थियो।

सोहि घटनाको आरोपमा सापकोटा विरोद्ध मुद्दा चलिरहेको छ। हाल उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेरिरहेको छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:१५

“ठग रहेछ हान्दिए, कुट्दा मज्जा आयो”