भनिन्छ कि साँचो प्रेम पाउनु भाग्यको कुरा हो, तर यो पनि साँचो हो कि प्रेम भावनाहरुको कुरा हो। कोही कसैलाई आकर्षित गर्दछ जब उसलाई कसैको बारेमा केही मनपर्दछ। राम्रो जे कारणले पनि लाग्न सक्छ, तर सम्बन्ध कहिलेसम्म टिक्छ भन्ने कुराले निर्भर गर्दछ कि साचिकै प्रेम नै हो कि आकर्षण मात्र।
यदि तपाई पनि साँचो प्रेमको खोजीमा हुनुहुन्छ र तपाईलाई लाग्छ कि तपाईले आफूले खोज्नु भएको प्रेम फेला पार्नुभएन भने तपाईको राशि अनुसार, तपाईले आफ्नो बारेमा यो कुरा जान्नुपर्दछ। राशि अनुसार थाहा पाउनुहोस् कि किन तपाईले अहिलेसम्म साँचो प्रेम फेला पार्नुभएको छैन!
मेष राशि :
यस राशिका व्यक्तिहरूले आफ्ना साथीहरुलाई डेटिंग बसेको देख्दा वा उनीहरूलाई सम्बन्धमा रहेको देख्दा निकै एक्लो महसुस गर्दछन्। तर वास्तविकता यो हो कि उनीहरु माया पिरतीमा भन्दा आफ्नो पारिवारिक सम्बन्धहरुमा बढी ध्यान दिइरहेका हुन्छन्।
परिवार तपाईको लागी पहिलो आउँछ। यदि तपाई पारिवारिक समस्याहरुमा फसेर आफ्नै प्रेम जीवनमा ध्यान दिन पाउनु भएको छैन भने दुखी नहुनुहोस् किनकि तपाईलाई सबैभन्दा धेरै चाहिने व्यक्तिलाई तपाई समय दिँदै हुनुहुन्छ।
वृष राशि :
यस राशिका व्यक्तिहरु आफ्नो एक्लो जीवनको कारण कहिल्यै दु:खी हुनु पर्दैन किनकि तपाईले तपाईको साँचो प्रेम ढिलो प्राप्त गर्नुहुन्छ। जब सही समय आउँछ, तपाई आफैले थाहा पाउनुहुनेछ कि तपाई अब सम्बन्धमा बस्नुपर्दछ। त्यसैले आफ्नो एक्लोपन देखि चिन्तित नहुनुहोस् र त्यसबेलासम्म आफ्नो एक्लो जीवनको आनन्द लिनुहोस्।
मिथुन राशि :
मिथुन राशिका व्यक्तिहरु आफ्नो प्रेम जीवन भन्दा, भविष्यको बारेमा सोचेर चिन्तित हुन्छ। यद्यपि आफ्नो जीवन साथीको बारेमा पनि सोच्नुहुन्छ होला, तर तपाईको धेरै जसो समय, भविष्य कस्तो प्रकारको छनौट गर्ने र तपाईको भविष्य कस्तो हुन्छ भन्ने बारेमा सोच्दै व्यतीत हुन्छ।
यही कारण हो कि तपाईले कहिले पनि आफ्नो प्रेम जीवनको लागि समय निकाल्नु हुन्न र प्रेम फेला पार्न निकै समय लाग्ने गर्दछ। आफ्नो भविष्यको बारेमा सोचेर तनाव लिन छाड्नुहोस् र आफ्नोलागि पनि केहि समय निकाल्नुहोस्।
कर्कट राशि :
कर्कट राशि भएका व्यक्तिले आफैलाई बुझ्नको लागि समय दिन आवश्यक छ त्यसैले अरुको प्रेम बुझ्न पनि तपाईलाई निकै गाह्रो हुन्छ। तर नडराउनुहोस्, यदि तपाईको साथीहरु डेट गर्दै छन् भने, यो आवश्यक पनि छैन कि तपाईले पनि त्यस्तै गर्ने पर्छ। हुनत जीवनमा प्रेम पनि महत्त्वपूर्ण हुन्छ, तर पहिला आफैलाई र आफ्नो व्यक्तिगत आवश्यकताहरुलाई राम्ररी बुझ्नुहोस्।
सिंह राशि :
अरुलाई मूल्यांकन गर्ने सिंह राशिको एक खराब बानी हो। जब कोही तपाईको नजिक आउन खोज्छन्, तपाई तुरुन्तै उसको बारेमा मूल्यांकन गरिहाल्नुहुन्छ। यसले सम्बन्धमा खटपट ल्याउँछ। तपाईले बुझ्नुपर्छ कि कमि कमजोरी सबैको हुन्छ तर ती कमि कमजोरी साथ अपनाउन सिक्नुपर्छ।
कन्या राशि :
कन्या राशिका व्यक्तिले पहिला आफ्नो टुक्रिएको सम्बन्धबाट बाहिर निक्लिनु पर्दछ। किनकि यसले समस्यालाई तब निम्त्याउँछ, जब पुनः तपाईको जीवनमा कोही आउँछ र तपाई उसलाई आफ्नो पूर्व प्रेमी वा प्रेमिकासँग तुलना गर्न थाल्नुहुन्छ। त्यसले तपाईको वर्तमान समयको जीवनमा पनि निकै असर गर्छ। त्यसैले आफ्नो विगतलाई बिर्सने प्रयास गर्नुहोस्, अनि मात्र तपाईले साँचो प्रेम महसुस गर्न सक्नुहुनेछ।
तुला राशि :
तुला राशि भएका व्यक्ति वर्कहोलिक हुन्छ। उनीहरु काम बाहेक अरु कुरा सोच्दैनन्। काम गर्नु महत्त्वपूर्ण हो, तर केहि नसोचि काममा मात्रै ध्यान दिदा, काम समाप्त भएपछि एक्लो महसुस गर्नुहुनेछ। कसैले तपाईलाई माया गर्छ भने, तपाईले पनि उनीहरुका लागि केहि समय लिकाल्नु पर्दछ। कामको साथ साथ प्रेम पनि जीवनमा आवश्यक हुन्छ।
वृश्चिक राशि :
प्रेमको अभावका कारण, जीवन भर एक्लो हुने हो कि भन्ने डर वृश्चिक राशिका ब्यक्तिलाई भइ रहन्छ। अरुहरु सम्बन्धमा रहेको देख्दा झन् डर बढ्ने गर्दछ। उनीहरुलाई आफैमा केहि कमी भएको महसुस हुने गर्दछ। चिन्ता नलिनुहोस् तपाईले पनि आफ्नो जीवन साथि पाउनुहुनेछ। हल्का ढिला होला तर ठीक समयमा तपाईले सही साथी पाउनुहुनेछ। तर त्यो भन्दा अघि तपाईले आफ्नो सकारात्मक र विश्वासका साथ काम गर्नुपर्नेछ।
धनु राशि :
जब तपाई कोहि व्यक्तिसंग सम्बन्धमा बस्नु हुन्छ, तपाई उसलाई नै आफ्नो सारा संसार सोच्नुहुन्छ। र जब त्यो सम्बन्ध लामो समयसम्म चल्दैन तपाई निराश र दु:खी हुनुहुन्छ। यो सम्बन्धको परिपक्वताको लागी महत्वपूर्ण छ कि आफ्नो प्रेमलाई समय दिनुहोस् । उसलाई तपाईको जीवनमा समावेश गर्दा हतार नगर्नुहोस्, अन्यथा तपाईले कुनै पनि सम्बन्धको गहिराई बुझ्नुहुनेछैन।
मकर राशि :
मकर राशिका व्यक्तिलाई आफ्नो स्वभाव विपरितका व्यक्तिहरुलाई स्वीकार गर्न निकै लामो समय लाग्छ। मकर राशिका व्यक्तिहरु सम्झौता गर्न चाहदैनन् र यहि नै उनीहरुको सबै भन्दा ठुलो समस्या हो। तपाईले बुझ्नु आवश्यक छ कि कसैको साथ पाउनका लागि पर्याप्त प्रेम मात्र भएर हुदैन, तपाईले केहि कुराको सम्झौता पनि गर्नु आवस्यक हुन्छ। अनि मात्र तपाई आफ्नो साथीलाई खुशी राख्न सक्नु हुनेछ।
कुंभ राशि :
कुंभ राशिका व्यक्ति निकै आशावादी हुन्छन्। र त्यहि अनुसार मानिसहरूलाई तुलना गर्छन् र अस्वीकार गर्न सुरु गर्छन्। हामी सबैले बुझ्नु पर्छ कि कोही पनि व्यक्ति सबैकुरामा सक्षम हुदैनन्। अपेक्षा गर्नु खराब होइन, तर यस पनि एक सीमा हुन्छ।
मीन राशि :
मीन राशि भएका व्यक्तिहरु सम्बन्धमा हुन पनि चाहन्छन् र हुन चाहदैन पनि। वास्तविकता त के हो भने उनीहरुलाई पनि थाहा हुँदैन कि उनीहरु के चाहन्छन्। मीन राशिका व्यक्ति निकै मुडी हुन्छन् र मुड अनुसार मन लागेका कुरा गर्छन् र यसले सम्बन्धमा पनि निकै प्रभाव पारिरहेको हुन्छ।