सन् २०२० : कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि:

मेष राशिका व्यक्तिका लागि यस वर्ष निकै शुभ रहनेछ। यो वर्ष खुशी र शान्तिको साथ प्रगति पनि हुने योग रहेको छ।  यात्राको योग रहेको हुदा रोजगारका लागि विदेश यात्रा हुने देखिन्छ। यस वर्ष, दाजुभाइ र सहयोगी साथीहरुको सहयोगमा धन, प्रतिष्ठा र सम्मान प्राप्त हुने देखिन्छ। व्यापारमा सफलता मिल्ने देखिन्छ। यस वर्ष स्वास्थ्य समस्या देखा पर्ने हुदा स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल हुने देखिन्छ।

आर्थिक समस्या हुने देखिदैन। तर कार्यालयका व्यक्तिले विश्वासको अवैध फाइदा लिने देखिन्छ। कार्यालयमा नाम र इत्ज्जतमा बाधा आउन सक्ला। लामो समयसम्म अड्किएको कुनै योजना पूरा हुने योग देखिन्छ। आमा बुबाको सेवा बिना भाग्य र खुशी प्राप्त गर्न असम्भव हुदा आफ्नो आमा बुबाको स्वास्थ्यको ख्याल राख्नुहोला।

वृष राशि:

वृष राशिहरुले यस वर्ष कैयौं चुनौतिको सामना गर्नु देखिन्छ। तर चुनौतिको सामना गरे वापत राम्रो फल भने पक्कै मिल्नेछ। कडा परिश्रम गरिरहेमा वृष राशिलाई यो वर्ष निकै राम्रो साबित हुने देखिन्छ। वृष राशिले विभिन्न अवसर प्राप्त गर्नेछन् । तर अवसरलाई सही समयमा उपयोग नगरे घातक साबित हुनेछ। आफ्नै निर्णयहरूले तपाईको परिवार र व्यावसायिक जीवनलाई पनि असर गर्नेदेखिन्छ। यो बर्ष आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोला।

आफ्नो कमि कमजोरीहरूलाई ध्यान नदिदा बैवाहिक जीवनमा असर पर्ने देखिन्छ। आफ्नो अहंकारलाई पछी छोडी आफ्नो जीवन साथीलाई माया गर्नुहोला। कुनै नयाँ कार्य गर्ने सोचमा हुनुहुन्छ भने यस क्षेत्रका विज्ञ वा सल्लाहकारहरूको सल्लाह लिएर मात्र काम सुरु गर्नुहोला ।सामाजिक जीवनका लागि यो एक राम्रो वर्ष साबित हुनेछ।

विशेष : अप्रिल महिना सबैभन्दा राम्रो र शुभ रहनेछ।

मिथुन राशि:

यस वर्ष मिथुन राशिका व्यक्तिहरूले केही खुशी त केही चुनौतीहरूका साथ अगाडि बढ्नुपर्नेदेखिन्छ। हरेक चुनौती दृढतापूर्वक पार गरे सफलता पाउने निश्चित देखिन्छ। स्वास्थ्यमा समस्याको योग हुदा केहि चुनौतिको सामना गर्नु पर्ला। पारिवारिक जीवन, विवाहित जीवन, विवाह, बच्चाहरू र शिक्षाका लागि पनि धेरै अनुकूल रहने देखिन्छ। विवाहित जीवन उतार-चढावहरूले भरिनुका साथै यसले स्वास्थ्यमा पनि महत्त्वपूर्ण असर पार्ने देखिन्छ।

रोजगार परिवर्तन गरेर धेरै लाभ लिनुका साथै भविष्यका लागि धेरै राम्रो साबित हुने देखिन्छ। विद्यार्थीहरुले उच्च शिक्षाका लागि विदेश जाने अवसर प्राप्त गर्ने र परीक्षामा राम्रो प्रदर्शन देखाउने देखिन्छ। व्यापार साझेदारीमा थुप्रै चुनौतिको सामना गर्नुपर्ला। स्वतन्त्र महशुस गर्नुका साथै केहि कठोर निर्णय पनि लिनु पर्ने देखिन्छ।

विशेष: अप्रिल महिनामा निकै लाभ हुनेछ।

कर्कट राशि:

कर्कट राशि भएका व्यक्तिले यस वर्ष मिश्रित परिणाम पाउनेछन्। संवाद कौशलताका कारण नयाँ सम्बन्ध विस्तार हुनेछन् भने जीवनले धेरै कूरा सिकाउनेछ। सम्बन्धमा सुधार आउने र आफन्तसँगको सम्बन्ध पनि बलियो हुने देखिन्छ। व्यवसायिक साझेदारीबाट धेरै लाभ हुने देखिन्छ। नयाँ लगानी गर्नु अघि राम्रोसँग विचार गरेर मात्रै गर्नुहोला। आफ्नै विश्वासको कारण अगाडि बढ्न प्रोत्साहित भइनेछ, कुनै पनि काम गर्नु अघि पर्याप्त जानकारी लिनु पर्ला ।

तपाइको सोझा र मिलनसार व्यवहारका कारण अरुले नकारात्मक फाइदा उठाउने हुदा ऋण दिनु अघि राम्ररी सोच विचार गर्नुहोला।  स्वास्थ्यमा समस्या आउने योग देखिन्छ।  सामाजिक कार्यमा सक्रियता बढ्दा सम्मानित भइनेछ देखिन्छ र कर्कट राशि भएका व्यक्तिले यस वर्ष नाम, दाम र इज्जत सबै कमाउने देखिन्छ।

विशेष: वर्ष भर राहु, शनि, बृहस्पतिको पूजा गर्नु लाभदायक हुनेछ। मे र नोभेम्बर महिना लाभदायक रहनेछ।

सिंह राशि:

सन् २०२० मा नयाँ अवसरहरू प्राप्त हुनेछन् । जिम्मेवारी लिएका सम्पूर्ण काममा सफलता मिल्नेदेखिन्छ। यात्रा गर्ने योग रहेको हुदा यात्राबाट निकै लाभ उठाउने देखिन्छ। तिर्थ यात्रा गर्नेहरुका लागी यो वर्ष निकै शुभ देखिन्छ। सामाजिक काममा पनि उल्लेख्य योगदान रहने देखिन्छ भने नाम र इज्जत दुवै बढ्नेछ। लामो समयदेखि अपूरो इच्छाहरू पूरा हुनेछन्। नयाँ ब्यापार सुरुगर्ने सोचमा हुनुहुन्छ भने मार्च देखि मे महिनाको मध्यसम्म स्थापना गर्नुहोला।

कलात्मक विषयमा लगाव बढ्दा सम्मान मिल्ने देखिन्छ। परिश्रमले लक्ष प्राप्त गर्ने योग छ भने यस वर्ष आफ्नो क्षेत्रमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ। यस बर्ष पहिले भन्दा मिहिनेतका साथ अगाडी बढ्नुहोला। अप्रिलदेखि मध्य जुलाईमा र नोभेम्बरको बीचमा विदेशी यात्राको अवसर मिल्न सक्ला। यो वर्षमा तपाईको जिन्दगीले नयाँ मोड लिनेछ ।

विशेष: यस वर्ष सूर्य र शनिको पूजा गर्नु लाभदायक हुनेछ।  विशेष गरी सेप्टेम्बर महिना फलदायी हुनेछ।

कन्या राशि:

यस वर्ष कन्या राशिको हवाई यात्राका लागि राम्रो योग छ। केहि काम गर्न वा घुम्नका लागि कतै जाने सोचमा हुनुहुन्छ भने यही वर्ष प्रयास गर्नुहोला। नतिजा राम्रो मिल्नेछ। सरकारी तथा बैंकमा काम गर्नेको स्थानान्तरणको पनि योग बन्ने देखिन्छ। केहि बाधा र चुनौतिको सामना गर्नु पर्ला। धैर्यकासाथ चुतौतिको सामना गर्नुभएमा परिणाम तपाइको पक्षमा नै हुने देखिन्छ। मन धेरै नडुलाई आफ्नो कामलाई नै प्राथमिकता दिएर काम गरे प्रतिफल राम्रो मिल्न सक्छ।

लामो समयसम्म पुरा नभएको काम यस वर्ष पूर्ण रूपमा सफल हुने देखिन्छ। दाजु भाइ तथा दिदी बहिनीको सहयोग मिल्ने देखिन्छ। आफन्तजन तथा मित्रजनबाट भरपूर साथ र सहयोग मिल्न सक्ला। केहि कठिन कार्यहरू गर्नुपर्ने देखिन्छ जुन कार्यले जीवनमा अगाडि बढ्न मार्गदर्शन देखाउनुका साथ प्रेरित गर्नेछ।

विशेष: यस वर्ष शनिको पूजा र राहुको जप गर्दा लाभदायक हुनेछ। कन्या राशिका लागि जुलाई महिना निकै नै शुभ रहनेछ।

तुला राशि:

यस वर्ष तुला राशिहुनेहरुका लागि निकै रोमान्चक रहनेछ। धेरै भ्रमणको योग रहेको छ तर यात्राको कारणले नै स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सवाधानी अपनाउनु होला। अरुको समस्या बारे चासो राख्दा झमेला बढ्ने देखिन्छ। तीर्थयात्राका लागि यो वर्ष निकै शुभ देखिन्छ। पछिल्ला वर्ष समाधान नभएका केहि समस्या यो वर्ष समाधान हुन सक्लान्। नयाँ कुरा सिक्ने उत्सुकताका कारण केहि चुनौतिको सामना गर्नु पर्ला।

मनमा दुविधा उत्पन्न हुँदा निर्णय लिने कार्यमा ढिलासुस्ती हुन सक्ला। आन्तरिक रूपमा आफूलाई बलियो बनाउन आफन्त तथा परिवारको प्रेरणा आवश्यक देखिन्छ। विगतमा गरिएका काम र कडा परिश्रमको नतिजा यस बर्ष प्राप्त हुन सक्ला। केही व्यक्तिलाई पैतृक सम्पत्ती प्राप्त हुने योग छ।

विशेष: यस वर्ष शनि, राहु र बृहस्पतिको पूजा गर्दा लाभकारी साबित हुनेछ। विशेष गरि जुलाई महिना निकै फाइदाजनक रहनेछ।

वृश्चिक राशि:

वृश्चिक राशिका व्यक्तिहरुको यस वर्ष धेरै अपूर्ण काम सम्पन्न हुनेछन् भने केहि नयाँ कार्यको शुभारम्भ पनि हुने देखिन्छ। दुखबाट मुक्ति पाउनुका साथै सुखका दिन सुरु हुनेछन्। धेरै प्रकारको यात्राहरूको संयोग रहेका हुँदा यात्रामा व्यस्त रहनु हुने देखिन्छ। जीवन एक नयाँ मोडमा प्रवेश गर्ने गर्दा मन लागेका काम गर्न स्वतन्त्रता महसुस हुनेछ। कामबाट सबै प्रशन्न हुनुका साथै सबैबाट प्रसंशा पनि मिल्ने देखिन्छ।

वर्षको बीचमा व्यापार व्यवसायका लागि राम्रो योग परेको हुदा व्यवसाय बढ्ने देखिन्छ। अचानक स्थानान्तरणको तिब्र सम्भावना रहेको हुदा मन बिचलित हुने देखिन्छ। आफन्तजनबाट राम्रो सहयोग प्राप्त होला। साथीभाईसँग राम्रो सम्बन्ध स्थापित हुने देखिन्छ। गर्नुभएको हरेक प्रयास उपयोगी साबित हुनेछन्।

विशेष: यस वर्षमा गणेश भगवान र राहुको पूजा गर्दा लाभदायक साबित हुनेछ।

धनु राशि:

धनु राशिका लागि यो वर्ष निकै राम्रो र शुभ रहनेछ। निजी सम्बन्धहरुमा सुधार आउनेदेखिन्छ। यात्राको लागि राम्रो योग नरहेको हुँदा कुनै ठूलो योजना बनाउन ठिक देखिंदैन। सेप्टेम्बर पछी वैदेशिक यात्राका लागि समय राम्रो हुने देखिन्छ। यस वर्ष सामाजिक कार्यमा सक्रियता बढ्ने देखिन्छ। आफ्नो अहंकारका कारण असफल हुने र अवसरहरु गुमाउने खतरा रहन्छ । अहंकार छोडेर अघि बढे जित तपाईको नै हुनेदेखिन्छ।

जीवन चक्र सुधार गर्न केहि कडा निर्णय लिनु पर्ने देखिन्छ। त्यसैले निर्णय लिँदा सोच बिचार गरेर मात्रै लिनुहोला। धनु राशि भएका व्यक्तिको एक राम्रो र महत्त्वपूर्ण वर्ष साबित हुने देखिन्छ। यो वर्ष आफ्नो घर निर्माण गर्न सक्षम हुने तथा सम्पत्ति किन्ने सोचमा हुनुहुन्छ भने त्यसमा पनि सफलता मिल्ने देखिन्छ।

विशेष: अक्टुबर महिना फाइदाजनक रहनेछ। सूर्य, बृहस्पति र राहु पुजा गर्नुहोला।

मकर राशि:

सन् २०२० मा मकर राशिका व्यक्तिले धेरै महत्त्वपूर्ण र गाह्रो निर्णयहरू लिन पर्ने देखिन्छ। निर्णय गर्दा आफ्नो मात्र फाइदा हेर्नाले आगन्तजनहरुसँगको सम्बन्धमा समस्या पैदा हुन पनि सक्छ। सामाजिक कार्यमा सक्रियता बढ्ने देखिन्छ। मानसिक असन्तुष्ट बढ्नुका साथै विचित्र बिचार उत्पन्न हुन सक्ला। जुन महिनामा खर्च बढ्नुका साथ स्वास्थ्यमा समस्या आउने देखिन्छ। सेप्टेम्बर देखि नोभेम्बर महिनामा भने स्वास्थ्यमा सुधार आउनुका साथ निकै शुभ रहेको देखिन्छ।

यस वर्ष शिक्षामा समस्या बढ्न सक्ला। यात्राको योग रहेको हुँदा वर्षभर व्यस्त हुने संभावना छ। आफू भन्दा ठूला व्यक्तिबाट समेत सम्मान तथा आदर मिल्न सक्ला । मकर राशिको ज्ञान, प्रेम सम्बन्ध, बच्चा, विवाहित जीवन, व्यापार, उच्च शिक्षा, सम्मान र भाग्य वृद्धि हुने देखिन्छ।

विशेष: सूर्य, राहु र केतुको पूजा गर्दा लाभदायक हुनेछ।

कुम्भ राशि:

कुम्भ राशिका व्यक्तिले यस वर्ष मिश्रित परिणाम पाउने छन्। यो वर्ष केही चुनौतीपूर्ण कार्य हुन सक्ला। यात्राको योग हुदा कुनै यात्रा अनावश्यक तरिकामा गर्नु पर्ने देखिन्छ। यात्राबाट ठुला माननीय व्यक्तिसंग परिचय हुने देखिन्छ। प्रतिकूल परिस्थितिमा अस्पताल भर्ना हुने योग रहेको हुँदा स्वास्थ्य प्रति सतर्क रहनुहोला। यस वर्ष खर्चमा वृद्धि हुने र  केही राम्रा कामहरु, विशेष गरी धार्मिक कार्यहरुमा अत्याधिक खर्च हुने देखिन्छ।

परिवारमा शान्ति छाउने तथा सन्तानबाट पनि सुखद खबर सुन्ने योग छ। व्यावसायमा लाभ हुने तर खर्च पनि समान रुपमा बढ्ने हुँदा विचार गरेर मात्रै धनको उपयोग गर्नुहोला। पैसा सम्बन्धित लेनदेनमा समस्या उत्पन्न हुने देखिन्छ। शारीरिक समस्याहरूबाट बच्न, डिसेम्बर महिनामा, आफ्नो खाना र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

विशेष: अक्टोबरदेखि नोभेम्बर महिनासम्म तपाईको लागि फाइदाजनक रहनेछ।

मीन राशि:

सन् २०२०मा नयाँ कामको सुरुवात हुने देखिन्छ। पारिवारिक जीवनमा भइरहेको समस्याहरू समाधान हुनका साथै साहस र बहादुरी बढ्ने देखिन्छ। प्रत्येक काममा राम्रो योगदान दिए सकारात्मक उपलब्धिहरू प्राप्त गर्न सकिनेछ। काममा प्रगति पाउनुका साथै कामका कारण इज्जत पनि बढ्नेछ। जागिर गर्ने व्यतिको स्थानान्तरण हुने सम्भावना देखिन्छ। राजनीतिको क्षेत्रमा पनि राम्रो सफलता प्राप्त हुने देखिनुका साथै पदोन्नतिको राम्रो सम्भावना देखिन्छ।

यस वर्ष, आफ्नो धनको अधिक ध्यान दिनु पर्ने देखिन्छ। परिवारका ठुला र समाजका सम्मानित व्यक्तिहरूबाट सम्मान पाउने देखिन्छ। शरीरलाई आराम प्रदान गर्न केहि समय आफ्नो लागि छुट्याउनु पर्ला। यस वर्ष, लामो समयदेखिको अधुरो चाहनाहरु पूरा हुने देखिन्छ।

विशेष: जून महिना लाभकारी हुनेछ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४३

वृश्चिक राशि हुनेहरुका लागि कस्तो रहला सन् २०२० ? हेर्नुहोस् वार्षिक राशिफल !