धनु राशि हुनेहरुको लागि सन् २०२० कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

धनु राशिका लागि यो वर्ष निकै राम्रो र शुभ रहनेछ।  यस वर्ष तपाईको निजी सम्बन्धहरुमा सुधार आउनेछ। बिग्रेको सम्बन्ध क्रमिक रुपमा राम्रो हुँदै जानेछन्।

यात्रा गर्दा ध्यान दिनुहोला। यात्राको लागि राम्रो योग नरहेको हुँदा कुनै ठूलो योजना बनाउन ठिक देखिंदैन।  तर सेप्टेम्बर पछि भने यात्राका लागि  समय राम्रो हुन सक्छ, टाढाको यात्रा पनि हुन सक्ला।

सेप्टेम्बर पछी वैदेशिक यात्राका लागि समय राम्रो हुने देखिन्छ। सेप्टेम्बर पश्चात स्थानान्तरणका लागि शुभ साइत समेत रहनेछ । यो वर्ष सामाजिक कार्यमा पनि सक्रियता बढ्ने देखिन्छ।

केहि सोचेर मात्रै सम्झौता गर्नुहोला । आफ्नो अहंकारका कारण असफल हुने र अवसरहरु गुमाउने खतरा रहन्छ । अहंकार छोडेर अघि बढे जित तपाईको नै हुनेछ, यदि तपाई यसमा असफल हुनुभयो भने तपाईले धेरै अवसरहरु गुम्नेछ्न् ।

जीवन चक्र सुधार गर्न केहि कडा निर्णय लिनु पर्ने देखिन्छ। त्यसैले निर्णय लिँदा सोच बिचार गरेर मात्रै लिनुहोला। हत्तारमा र रिसमा कुनै निर्णय नलिनुहोला।

यस वर्ष, धनु राशि भएका व्यक्तिको एक राम्रो र महत्त्वपूर्ण वर्ष साबित हुने देखिन्छ। तपाईं सक्रिय रूपमा सामाजिक कार्यमा भाग लिने योग छ। यदि तपाईंले प्रयास गर्नुभयो भने, तपाईं यो वर्ष आफ्नो घर निर्माण गर्न सक्षम हुने तथा सम्पत्ति किन्ने सोचमा हुनुहुन्छ भने त्यसमा पनि सफलता मिल्ने देखिन्छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४५

मकर राशिका लागि सन् २०२० कति शुभ-अशुभ ? हेर्नुहोस् वार्षिक राशिफल !