मकर राशिका लागि सन् २०२० कति शुभ-अशुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

सन् २०२० मा मकर राशिका व्यक्तिले धेरै महत्त्वपूर्ण र गाह्रो निर्णयहरू लिन पर्ने देखिन्छ । निर्णय गर्दा आफ्नो मात्र फाइदा हेर्नाले आगन्तजनहरुसँगको सम्बन्धमा समस्या पैदा हुन पनि सक्छ ।

मनमा परोपकारीको भावनाको जन्मले सामाजिक कार्यमा सक्रियता बढ्ने देखिन्छ। तर, मानसिक असन्तुष्ट बढ्नुका साथै विचित्र बिचार उत्पन्न हुन सक्ला । आत्तिएर कुनै निर्णय नलिनुहोला। पारिवारिक तथा व्यावसायिक जीवनमा धैर्यतापूर्वक सोचविचार गरि काम गरे राम्रो प्रतिफल  प्राप्त हुने देखिन्छ।

यस वर्षको जनवरी महिनामा शनिदेव मकर राशिमा प्रवेश गरी शक्ति प्रधान गर्नेछ।  ब्यापारलाई नयाँ दिशा दिनुका साथ आफ्नो काममा मेहनती बनाउनेछ। त्यसै गरि मार्च महिनामा बृहस्पति मकर राशीमा प्रवेश गर्नेछन् र पाँचौं, सातौं र नवौं स्थानमा विराजमान गर्नेछन्। फल स्वरूप, मकर राशिको ज्ञान, प्रेम सम्बन्ध, बच्चा, विवाहित जीवन, व्यापार, उच्च शिक्षा, सम्मान र भाग्य वृद्धि हुने देखिन्छ।

जुन महिनामा खर्च बढ्नुका साथ स्वास्थ्यमा समस्या आउने देखिन्छ। सेप्टेम्बर देखि नोभेम्बर महिनामा भने स्वास्थ्यमा सुधार आउनुका साथ निकै शुभ रहेको देखिन्छ।

यस वर्ष शिक्षामा समस्या बढ्न सक्ला। यात्राको योग रहेको हुँदा वर्षभर व्यस्त हुने संभावना छ। आफू भन्दा ठूला व्यक्तिबाट समेत सम्मान तथा आदर मिल्न सक्ला ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४६

सन् २०२० तुला राशि हुनेहरुको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !