सन् २०२० तुला राशि हुनेहरुको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

यस वर्ष तुला राशि हुनेहरुको लागि निकै रोमान्चक रहनेछ । धेरै कुरा सिक्न पाउनुहुनेछ। यस वर्ष साविक भन्दै धेरै भ्रमण रहने देखिन्छ। तर यात्राको कारणले नै स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा संयमता अपनाउनु होला ।

सानो-तिनो दुर्घटनाको सम्भावना देखिन्छ । सवारी सादन प्रयोग गर्दा विशेष ध्यान दिनुहोला । अरुको समस्या बारे चासो राख्दा झमेला बढ्ने देखिन्छ ।

तीर्थयात्राका लागि यो वर्ष निकै शुभ देखिन्छ। यो वर्ष तुला राशिका लागि निकै नै प्रगतिशील र महत्त्वपूर्ण रहन सक्ला । पछिल्ला वर्ष समाधान नभएका केहि समस्या यो वर्ष समाधान हुन सक्लान् । नयाँ कुरा सिक्ने उत्सुकताका कारण केहि चुनौतिको सामना गर्नु पर्ला।

के गर्ने के नगर्ने भन्ने दुविधा उत्पन्न हुँदा निर्णय लिने कार्यमा ढिलासुस्ती हुन सक्ला । आन्तरिक रूपमा आफूलाई बलियो बनाउन आफन्त तथा परिवारको प्रेरणा आवश्यक देखिन्छ।

विदेश यात्रा गर्न चाहने व्यक्तिहरुलाई अप्रिलपछी समय सुखद रहने देखिन्छ । विगतमा गरिएका काम र कडा परिश्रमको नतिजा यस बर्ष प्राप्त हुन सक्ला।

केही व्यक्तिलाई पैतृक सम्पत्ती प्राप्त हुने योग छ। विशेष गरि जून देखि सेप्टेम्बरको मध्यमा तपाईंको आमा-बुबाको स्वास्थ्यमा निकै ध्यान दिनुहोला।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४७

सन् २०२० कर्कट राशि हुनेहरुको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !