सन् २०२० कर्कट राशि हुनेहरुको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

कर्कट राशि भएका व्यक्तिले यस वर्ष मिश्रित परिणाम पाउनेछन्। संवाद कौशलताका कारण नयाँ सम्बन्ध विस्तार हुनेछन् भने प्रकृति र जीवनले धेरै कूरा सिकाउनेछ।

यस बर्ष प्रेममा परेका वा विवाह नभएकाहरुलाई निकै शुभ छ।  यस वर्ष कर्कट राशि हुनेहरुको बिग्रेको सम्बन्धमा सुधार आउने देखिन्छ । आफन्तजनसँगको सम्बन्ध पनि बलियो भएर जाने देखिन्छ।

कर्कट राशिलाई नयाँ वर्ष २०२०मा व्यवसायिक साझेदारीबाट धेरै लाभ हुने देखिन्छ। आफ्नो आर्थिक अवस्था कसैको अगाडी नखोल्नु होला। नयाँ लगानी गर्नु अघि राम्रोसँग विचार गरेर मात्रै गर्नुहोला। घरको सल्लाह गरेर मात्रै नयाँ व्यवसाय सुरु गर्दा लाभ मिल्ने देखिन्छ।

कसैलाई ऋण दिनु अघि राम्ररी सोच विचार गर्नुहोला। तपाइको सोझापन र मिलनसार व्यवहारका कारण अरुले नकारात्मक फाइदा उठाउने  सक्ने देखिन्छ।

आफ्नै विश्वासको कारण अगाडि बढ्न प्रोत्साहित भइनेछ, कुनै पनि काम गर्नु अघि पर्याप्त जानकारी लिनु पर्ला । राम्रो ज्ञान नभई कुनै काममा हात नहाल्नुहोला।

स्वास्थ्यमा समस्या आउने योग हुँदा मुख्यतः आफ्नो स्वास्थ्यमा ध्यान दिनु पर्ला । स्वास्थ्यको खराबीका कारण काममा बाधा अड्चन आउन सक्लान् । यस वर्षको सुरूवातमा ६ औं स्थानमा थुप्रै ग्रहहरूको संयोजनले तपाईंको स्वास्थ्यलाई असर गर्ने देखिन्छ। सहि तालिका अनुसार नियमित खानपिनमा ध्यान दिनुहोला।

सामाजिक कार्यमा सक्रियता बढ्दा सम्मानित भैनेछ । कर्कट राशि भएका व्यक्तिले यस वर्ष नाम, दाम र इज्जत सबै कमाउने छन्।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४८

कन्या राशिको लागि सन् २०२० कतिको शुभ ? जान्नुहोस् वार्षिक राशिफल !