कन्या राशिको लागि सन् २०२० कतिको शुभ ? जान्नुहोस् वार्षिक राशिफल !

यस वर्ष कन्या राशिको हवाई यात्राका लागि राम्रो योग छ। केहि काम गर्न वा घुम्नका लागि कतै जाने सोचमा हुनुहुन्छ भने यही वर्ष प्रयास गर्नुहोला। नतिजा राम्रो मिल्नेछ।  यदि तपाईं सरकारी तथा बैंकमा काम गर्नुहुन्छ भने इच्छित स्थानान्तरणको पनि योग बन्ने देखिन्छ।

घरदेखि टाढा रहेर काम गर्ने व्यक्तिहरुले यस बर्ष आफुले चाहेको स्थानमा काम गर्न पाउने देखिन्छ। यात्राको कारणले व्यावसायिक सम्बन्धहरूलाई बलियो बनाउन मदत गर्नेछ। कुनै रचनात्मक कार्यमा लाग्नुहुने व्यक्तिका लागि यो वर्ष निकै शुभ छ।

सानो तिनो केहि बाधा र चुनौतिको सामना गर्नु पर्ला। तर धैर्यकासाथ चुतौतिको सामना गर्नुभएमा परिणाम तपाइको पक्षमा नै हुने देखिन्छ। 

अरुको कुरा सुनेर निर्णय गर्दा हानि हुने देखिन्छ।  मन धेरै नडुलाई आफ्नो कामलाई नै प्राथमिकता दिएर काम गरे प्रतिफल राम्रो मिल्न सक्छ । केहि कठिन कार्यहरू गर्नुपर्ने देखिन्छ जुन कार्यले जीवनमा अगाडि बढ्न मार्गदर्शन देखाउनुका साथ प्रेरित गर्नेछ।

यो सम्भावनाको वर्ष हुनेछ। जति बाधा र चुनौती आए पनि आफ्नै दममा प्रत्येक चुनौतीको सामना गर्न सकिने देखिन्छ। लामो समयसम्म पुरा नभएको काम यस वर्ष पूर्ण रूपमा सफल हुने देखिन्छ।

यो वर्ष सबैसँग राम्रो सम्बन्ध रहनेछ। दाजु भाइ तथा दिदी बहिनीको सहयोग मिल्ने देखिन्छ। आफन्तजन तथा मित्रजनबाट भरपूर साथ र सहयोग मिल्न सक्ला।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४९

सन् २०२० सिंह राशिको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !