सन् २०२० सिंह राशिको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

सन् २०२० मा नयाँ अवसरहरू प्राप्त हुनेछन् । ती अवसरलाई आफ्नो पक्षमा बदल्नका लागि पूर्ण शक्ति र सहनशीलता लगाउनुपर्नेछ ।  जिम्मेवारी लिएका सम्पूर्ण काममा सफलता मिल्नेछ।

छोटो दूरीको यात्रा गर्ने योग छ र यस यात्राबाट निकै लाभ उठाउने देखिन्छ । वर्षको सुरुवातमा पनि यात्रा हुनसक्ने योग छ। तिर्थ यात्रा गर्नेहरुका लागी यो वर्ष निकै शुभ देखिन्छ। शनि र बृहस्पतिको संयुक्त प्रभावका कारण अप्रिलदेखि मध्य जुलाईमा र नोभेम्बरको बीचमा विदेशी यात्राको अवसर मिल्न सक्ला ।

यस बाहेक, सामाजिक काममा पनि उल्लेख्य योगदान रहने देखिन्छ भने नाम र इज्जत दुवै बढ्नेछ। यस बर्ष, लामो समयदेखि अपूरो इच्छाहरू पूरा हुनेछन् जसले मनोबलमा पनि वृद्धि गराउन सक्ला ।

जनवरी र मार्च देखि मे महिनाको मध्यसम्म पैसाको कारोबारकालागी उपयुक्त समय छ। नयाँ ब्यापार सुरुगर्ने सोचमा हुनुहुन्छ भने यही समयमा स्थापना गर्नुहोला, राम्रो प्रतिफल पाइनेछ।

भिन्नै विषयमा रुचि बढ्नेछ। कलात्मक विषयमा लगाव बढ्दा सम्मान समेत मिल्ने देखिन्छ । परिश्रमले लक्ष प्राप्त गर्ने योग छ भने यस वर्ष आफ्नो क्षेत्रमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ।

त्यसैले यस बर्ष पहिले भन्दा मिहिनेतका साथ अगाडी बढ्नुहोला। यो वर्षले तपाईको जिन्दगीले नयाँ मोड लिनेछ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:५१

वृष राशि हुनेहरुको लागि सन् २०२० कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !