वृष राशि हुनेहरुको लागि सन् २०२० कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

२०२० मा वृष राशिहरुले कैयौं चुनौतिको सामना गर्नु पर्नेछ। तर चुनौतिको सामना गरे वापत राम्रो फल भने पक्कै मिल्नेछ। यस वर्ष, पहिला गरेका प्रयासहरूको राम्रो परिणाम मिल्नेछ । कडा परिश्रम गरिरहेमा वृष राशिलाई यो वर्ष राम्रो साबित हुन सक्ला । यदि जीवनमा स्थिरता चाहानुहुन्छ भने यस बर्ष एकै दिशामा प्रयास गर्नुहोस्, तपाइँले सफलता पाउनुहुनेछ र जीवन एकै तरिकाले अगाडी बढ्नेछ।

यस वर्ष वृष राशिले विभिन्न अवसर प्राप्त गर्नेछन् । तर अवसरलाई सही समयमा उपयोग नगरे चुकिएला। तपाईले कस्तो निर्णय लिनु हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ, किनकि ती निर्णयहरूले तपाईको परिवार र व्यावसायिक जीवनलाई पनि असर गर्नेछ।

वृष राशी हुनेले यो बर्ष आफ्नो रिसलाई नियन्त्रणमा राख्नु पर्नेछ, किनकि यहि तपाईंको जीवनमा समस्याहरूको कारण हुने देखिन्छ।  वृष राशिका मानिसहरु धेरै रोमान्टिक र गहिरो प्रेमको मामलामा सधै अगाडी हुन्छन्। तर यो वर्ष आफ्नो केहि कमि कमजोरीहरूलाई ध्यान दिनु पर्नेहुन्छ। किनकी यहि कारणले बैवाहिक जीवनलाई पनि असर गर्न सक्छ।  त्यसैले आफ्नो अहंकारलाई पछी छोडी आफ्नो जीवन साथीलाई माया गर्नुहोस्।

यदि कुनै नयाँ कार्य गर्ने सोचमा हुनुहुन्छ भने यस क्षेत्रका विज्ञ वा सल्लाहकारहरूको सल्लाह लिएर मात्र काम सुरु गर्नुहोला । तपाईंको सामाजिक जीवनका लागि यो एक राम्रो वर्ष साबित हुनेछ र यसका साथै तपाईं आफ्नो व्यक्तिगत सम्बन्धहरू अझ अनुकूल बनाउन सक्नुहुनेछ।

यस वर्ष तपाईंले केही गाह्रो निर्णयहरू पनि गर्नुपर्नेछ, जसले सम्भवतः तपाईलाई चोट पुर्‍याउन सक्छ। तर तपाईंसँग यो क्षमता छ कि तपाईं हरेक समयमा आफ्नो मनोबलबाट बाहिर निस्कन सक्नुहुनेछ र आफैलाई सक्षम पार्न सक्नुहुनेछ। यदि तपाईंले त्यस्ता निर्णयहरू गर्नुपर्‍यो भने पनि नडराउनुहोस्, किनकि यी तपाईंको भविष्यका लागि धेरै राम्रो साबित हुनेछन्।

समग्रमा, वर्ष २०२० ले वृष राशिका मानिसहरूलाई मिश्रित परिणाम दिनेछ र तपाईको मनोबल र कडा परिश्रमको बलमा तपाईले धेरै लक्ष्यहरू प्राप्त गर्न सक्नुहुनेछ। तपाईं आफ्नो कमजोरीहरू हटाएर सफल व्यक्तिको रूपमा देखा पर्नुहुनेछ। तयार हुनुहोस्, किनकि यो वर्ष  तपाइँसँग साहस हुनेछ। तपाईको प्रेम र प्रियजनहरू पनि तपाईका साथमा हुनेछन् ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:५५

नयाँ वर्ष २०२० : मेषका लागि कस्तो रहला सन् २०२०? हेर्नुहोस् वार्षिक राशिफल !