नयाँ वर्ष २०२० : मेषका लागि कस्तो रहला सन् २०२०? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि भएका व्यक्तिले यस वर्ष धेरै राम्रो नतीजा पाउनेछन्। यस वर्ष मुख्यतहः मेष राशिलाई व्यापारमा सफलता मिल्नेछ। तर आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनु पर्नेछ, किनकि यस वर्ष स्वास्थ्य समस्या नै सबैभन्दा ठूलो चिन्ताको विषय हुने देखिन्छ।

प्रेम सम्बन्धको मामलामा वर्ष धेरै आनन्ददायक रहने देखिन्छ । प्रेमी/प्रेमिकाले प्रत्येक कार्यमा समर्थन गर्नुका साथै परेको बेला मद्दत पनि गर्नेछन् ।  दाम्पत्य जीवनमा पनि त्यस्ता कुनै ठुला समस्या देखिँदैन। यधपी दाम्पत्य जीवनमा साना-तिना झगडा हुने सक्ला।

विदेश यात्रा गर्न चाहनेहरूलाई यस बर्ष निकै शुभ छ। कमाइमा वृद्धि हुँदा  वैदेशिक रोजगारीबाट नयाँ सम्पत्ति जोड्नुका सफल पनि भैनेछ ।  यस वर्ष तपाईलाई आर्थिक चिन्ता हुनेछैन, किनकि तपाईले एक भन्दा बढी  स्रोतबाट आर्जन गर्ने सम्भावना छ।

यो वर्ष आफ्नो कार्यालयका व्यक्तिलाई चाहेभन्दा धेरै विश्वेअस नगर्नुहोला, किनकि उनीहरूले तपाईंको विश्वासको अवैध फाइदा लिन सक्छन् र तपाईंलाई गोप्य रूपमा हानि पुर्‍याउन सक्छन्। कार्यालयमा नाम र इत्ज्जतमा बाधा आउन सक्छ। आफ्नो काम कसैको भरमा छोड्नु भन्दा आफैले गरेमा फाइदाजनक हुनेछ।

यस बर्ष तपाईका धेरै इच्छाहरू पूरा हुनेछन् । लामो समयसम्म अड्किएको कुनै योजना पूरा हुने योग छ, जसले तपाईंलाई राम्रो प्रतिफल पनि दिनेछ। यो वर्ष आफ्नो आमा बुबाको स्वास्थ्यको ख्याल गर्नुहोस्, किनकि आमा बुबाको सेवा बिना भाग्य र खुशी प्राप्त गर्न असम्भव छ।

तपाईको कार्यक्षेत्रमा जनवरी र फेब्रुअरीका महिनामा थोरै ध्यान दिनुहोला, किनकि तपाईको बिरूद्धमा षडयन्त्र रच्ने वा कोहीले तपाईको बिरूद्धमा पाइला चाल्न सक्नेछ,  जसको कारणले तपाईले बदनामीको सामना गर्नु पर्ला। तपाई आफ्नो काम पूर्ण इमानदारीताका साथ गर्नुहोस् र कसैलाई त्यस्तो अवसर नदिनुहोस् जसको कारण तपाईले कुनै समस्याको सामना गर्नु परोस्।

यस वर्ष  धेरै टाढाको यात्रा हुने योग छ , जुन तपाईको लागि धेरै लाभदायक साबित हुनेछ। उहि समयमा तपाईको इज्जत बढ्नेछ। प्रयास गरे आफन्तसँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ। अर्को शब्दमा, यो वर्ष तपाइँको लागि धेरै प्रगतिशील हुने देखिन्छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:५७

मिथुन राशि हुनेहरुको लागि सन् २०२० कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !